चलचित्र निर्माता छवि ओझाबाट पुर्वपत्नी रेखा थापाले डिभोर्स गर्दा मोटो रकम लिएको खुलासा भएको छ । नेपाल लाईभ नाम एक अनलाइनले उक्त खुलासा गरेको हो । नायिका रेखा थापाले ६५ लाख रुपैयाँ अंश लिएर सम्बन्ध विच्छेद गरेको उक्त अनलाईनले जनाएको छ । २०६९ जेठ १७ गते मालपोत कार्यालय डिल्लीबजारमा दर्ता रहेको घर जग्गाको अंशबापत नायिका थापाले ६५ लाख लिएकि थिइन् । उक्तसम्बन्ध विच्छेदको कागजमा उल्लेख गरिएको छ ।
१ करोड १३ लाख मूल्यको घरजग्गाबाट रेखाले ६५ लाख रकम लिएर जिल्ला अदालत काठमाडौंबाट मिलापत्रमा सम्बन्ध विच्छेद गरेकि थिइन् । उक्त समयमा जिल्ला अदालतबाट प्रमाणित कागजमा छवि ओझाको तर्फबाट पहिली श्रीमती हेमाकुमारी ओझा अंश लिई अलग बस्दै आएको उल्लेख गरिएको छ । त्यसैगरि, अन्य कुनै अंशियार नभएको पनि कागजमा जनाइएको छ । थापाले रकम लिएपछि जिल्ला अदालतबाट २०७३ सालमा मिलापत्रकै आधारमा सम्बन्ध विच्छेद गरेकी थिइन् ।
रेखा थापाले मुद्दा दायर गर्दा २०५७ सालमा प्रेम विवाह गरेको तर दुवैवाट कुनै सन्तान नभएकाले सम्वन्ध विच्छेद गर्नुपरेको दाबी गरेकी थिइन् ।
रेखा थापाले अंश लैजादासम्म मौन रहेकी जेठी श्रीमती हेमा ओझा भने शिल्पा पोख्रेलसँग छविको सम्बन्ध विच्छेदपछि जाहेरी लिएर प्रहरी कार्यालय पुगेकि थिइन् । त्यस्तै मंगलबार सर्वोच्च अदालतले शिल्पा पोखरेलले पक्राउ पुर्जी जारी गर्ने जिल्ला अदालतको निर्णय विरुद्ध हालेको रिट खारेज गरिदिएको छ । सर्वोच्चले शिल्पाको रिट खारेज गरेको र जिल्ला अदालतमा बहुविवाद मुद्दा दायर भएकाले यो विवाद नयाँ मोडमा पुगेको छ । यो विवाद एक्कासी छविले आफूमाथि हिंसा गरेको भन्दै शिल्पाले प्रहरी कार्यालयमा जाहेरी दिएपछि पुनः सुरु भएको थियो।
