बिहिवार, कार्तिक १९ गते २०८३

Thursday 5th November 2026

डा. केसीलाई कमजोर नबनाऊ

मंगलवार , कार्तिक २६, २०७६

चिकित्सा शिक्षा सुधारका अभियान्ता डा गोविन्द केसी डडेल्धुरामा १७ औँ अनसनमा बसेको आज नौँ दिन भइसकेको छ । डा. केसीको स्वास्थ्य अवस्था बिग्रीएका कारण सरकारले हेलिकप्टरबाट काठमाडौँ ल्याउन प्रयास गरेपनि अनशनरत केसीले अस्विकार गरेका छन् । १७ पटक अनशन बसिरहेका डा. केसीका मागहरुलाई राजनितिकरण नभएका होइनन् । धेरै पटक अनशन बसेको र स्वार्थसँग जोडेर डा. केसीप्रति भ्रम फैलाउने प्रयास भइरहेको छ । स्वास्थ्य क्षेत्रको सुधारलाई डा. केसीले मुख्य प्राथमिकतामा राखेका छन् । उनले उठाएका मागहरुलाई सरकारले सम्बोधन गर्ने हो भने नेपालमा स्वास्थ्य क्षेत्रमा व्यापक सुधार देखिनेछ । तर, सरकारविरोधि जस्ता उपनाम दिएर डा. केसीको चरित्र हत्या हुनु दुखद हो । उनका जायज मागहरुलाई सम्बोधन गर्नुको सट्टा नजरअन्दाज गर्दा आगामी दिनमा ठूलो दुर्घट्ना हुने संभावना बढेको छ । बारम्बार सरकारले अनशन तोडाउन विभिन्न तरिका अपनाएपनि डा. केसीको मागहरु अहिले सम्म पनि सम्बोधन भएको छैन । डा. केसीका मागहरुलाई राजनैतिक दृष्टिकोणले भन्दा पनि नागरिकको स्तरबाट सरकारले सोच्न आवश्यक छ । अनशनरत केसीका जायज मागहरुलाई सम्बोधन गर्न सरकारले लचकता अपनाउन जरुरी छ । त्यसैगरि, केसीले पनि सरकारसँग वार्ता गर्ने वातावरण बनाउनुपर्दछ । अतः डा. केसीका मागहरु नागरिकको माग हो ।

त्यसैले, कसैले पनि अनशनरत केसीलाई कमजोर बनाउनतर्फ लाग्नुहुदैँन । समस्याको समाधान छलफल बाटै हुनेहुँदा वार्ता र छलफललाई व्यापक बनाउन सरकारी पक्ष अग्रसर हुन जरुरी छ ।

प्रतिक्रिया