शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

शंकाले उजाडिएको जिन्दगि (भिडियो सहित)

सोमवार , कार्तिक २५, २०७६

श्रीमति कसैसँग मस्किएर फेसबुकमा बोलिरहेकि हुन्छिन् । त्यहि दृश्यले श्रीमानको मनमा धेरै शंका उब्जिन्छ । ऊ श्रीमतीसँग रिसाएर खानानै नखाई बाहिरिन्छ । आफ्ना काम सकिएपछि मदिरापन गरेर घर फर्कदा कोठामा श्रीमतीसँग अर्कै पुरुष भेटेपछि श्रीमानलाई त्यहो असहय भइदिन्छ । श्रीमानले ती पुरुषको टाउकोमा प्रहार गरेर मारिदिन्छन् । शंकाले गर्दा हत्या हुन्छ र अनि सबै दृश्य एकाएक फेरिन्छ । आफ्नो श्रीमतिसँग बसेका ती युवा आफ्नै जेठान भएको श्रीमानले थाहा पाउँदैँनन् । शंकाले लंका डडाउँछ भनेजस्तै परिवार उजाड बन्छ । यो दृश्य वास्तविक नभएर काल्पनिक हो । लोग्नेस्वास्नीबीच शंकाका कारण हाम्रो समाजमा कस्तोसम्म घटना घट्छ र नतिजा ल्याउँछ भन्ने विषयमा आधारित ‘शंका’ नामक लघु चलचित्र युट्युव च्यानल मार्फत सार्वजनिक भएको छ । शंकाको कारणले उब्जाउने तनाबग्रस्त वातावरणलाई चलचित्रमा देखाइएको छ । लघु चलचित्रमा पुनम विशुंखे, अर्जुन खनाल, नवराज चौलागाईं, सुशील पाण्डे तथा अनमोल थापाको भुमिका देख्न सकिन्छ । नवराज क्षितिजको कथा पटकथा रहेको उक्त लघु चलचित्रलाई क्रमशले निर्देशन गरेका हुन् भने छायांकन गणेश कँडेल तथा सम्पादन रेन्डम आर्टिस्टले गरेका छन् ।

प्रतिक्रिया