शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

‘अघोरी बाबा’की पत्नीलाई प्रहरीले समात्यो

सोमवार , कार्तिक २५, २०७६

सामाजिक सञ्जालमा अघोरी बाबाको नामले परिचित विजय केसीको पत्नीलाई प्रहरीले पक्राउ गरेको छ । अघोरी बाबाको पत्नीका रुपमा चिनिएकी शारदा पाण्डेलाई प्रहरीले नियन्त्रणमा लिएको हो । महानगरीय प्रहरी वृत्त, बौद्धले सोमबार दिउँसो पाण्डेलाई नियन्त्रणमा लिएको थियो । उनलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ । प्रहरीले पाण्डेलाई बोलाएपछि अघोरी बाबापनि सँगै प्रहरी वृत्त पुगेका थिए पाण्डेमाथि विदेश पठाइदिन्छु भनेर ठगी गरेको आरोप छ ।

प्रतिक्रिया