सल्यानको लक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो शेयर सदस्यको मृत्युपछि उनको परिवारलाई पाँच हजार रुपैँया सहयोग गरेको छ । बनगाड कुपिण्डे नगरपालिका १ सल्लीबजारका अम्मर बहादुर शाहीको प्रोस्टेट क्यान्सरले मृत्यु भएपछि सहकारीले परिवारलाई रकम हस्तान्तरण गरेको हो । मृतक अम्मर बहादुर संस्थाका संस्थापक सदस्य दीपेन्द्र शाही र साधरण सदस्य कमल विक्रम शाहीका पिता हुन् । सहकारीका अध्यक्ष कमल वलीले श्रद्धाञ्जली अर्पण गर्दै अम्मर बहादुरकोको कमि सधै सहकारीमा खड्किने बताए । साथै, सचिव निमप्रकाश बुढाले सहकारीलाई क्षति पुर्योएको बताए । सहकारीको सहयोग पछि मृतक परिवारले दुखको घडीमा सहयोग गरेकोमा धन्यवाद व्यक्त गरे ।
