विपी राजमार्गको विभिन्न सडकखण्डमा सडक भत्किएका छन् । ऐतिहासिक सिन्धुलीगढी जाने सडकनै निर्माण भएको तीन महिना भन्दा कम समयमा भत्किएको छ । राजमार्गका विभिन्न भागमा खाल्डाखुल्डीहरु परेको छ जसका कारण सडक दुर्घट्नाको संभावना बढेको छ । बनेपा–बर्दिबास सडकखण्डमा भारवहन क्षमता भन्दा बढीका थुप्र गाडी गुड्छन् । अत्याधिक भार भएपछि सडकमा खाल्डाखुल्डी हुने गरेको छ । विपी राजमार्गमा दैनिक २ हजार भन्दा बढि सवारीसाधन गुड्ने गर्दछ । सडक मर्मतमा ढिलाई र क्षमताभन्दा बढि वजन भएका गाडीहरुको संचालनले गर्दा राजमार्ग अव्यवस्थित र जोखिमपूर्ण भएको छ । देशकै नमूना राजमार्गमा बढ्दो खाल्डाखुल्डीले जोखिम त बढाएकै छ, कुरुप पनि भएको छ । बेलाबखत राजमार्गका खाल्डाखुल्डी पुर्ने काम भएपनि पनि दिगो काम नहुँदा सडक व्यवस्थित हुन नसकेको छ । त्यस्तै, ठूला गाडी संचालनमा सम्बन्धित पक्षहरुको मौनताले गर्दा पनि राजमार्ग कुरुप हुदैँ गएको छ । सडक संरक्षण सबै नागरिकको कर्तव्य हो । त्यसैले, सडकको संरक्षणकालागि सबै जुट्न आवश्यक छ ।
अतः विपी राजमार्गको सडक संरक्षण र व्यवस्थापनकालागि सरोकारवाला निकाय गम्भिर भएर काम गर्न जरुरी छ ।