शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

कुकुर मार्ने तीन युवालाई मुद्दा

आइतवार , कार्तिक २४, २०७६

इटहरी उपमहानगरपालिका–१ का मोहन विश्वकर्माको कुकुर जर्मन सेफर्डलाई धारिलो हतियार प्रहार गरी मार्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

इटहरी–५ बस्ने विशाल माझी, मनोज भण्डारी र सुदिप राईलाई पक्राउ गरी दुर्व्यवाहारसम्बन्धी विश्कर्माको उजुरीका आधारमा पक्राउ गरी अनुसन्धान जारी राखिएको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी धर्मराज भण्डारीले बताए ।

तीनै जनाले घरको मूल ढोकामा खुकुरी हानी क्षति पुर्याएको पनि अनुसन्धानका क्रममा खुलेको छ । कतिपयले भने मानिसलाई नै लक्षित गरी गएको तर नभेटेका कारण कुकुर मारेर फर्किएको बताएका छन् । सो विषयमा पनि अनुसन्धान जारी रहेको डिएसपी भण्डारीले जानकारी दिए ।

सम्बन्धित विषय:

प्रतिक्रिया