शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

पुजाको कठपुत्ली पारशः कुटाई नि खान्छन् क्यामरा नि बोकिदिन्छन्

आइतवार , कार्तिक २४, २०७६

पुर्व युवराज पारश शाह मिडियामा खासै देखिदैँनन् । उनका अभिव्यक्तिहरु संचारमाध्यममा आउँदैन । तर, मोडेल एवं भिजे पुजा रोकाया (सोनिका) सँग नजिक भएपछि भने पारश मिडियामा देखिनैरहेका छन् । सोनिका र पारशको टिकटक र उठबसका घट्नाहरु सार्वजनिक भएपछि पुर्व युवराज पारशको आलोचना भएको थियो । आफ्नो हैसियतमा बस्न नसकेको भन्दै राजावादी समर्थकहरुले चिन्ता पनि प्रकट गरे । तर, पारशले आफू साधारण जिवन बिताउन चाहेको र साधरण व्यक्ति जस्तै हिँड्डुल गर्न मनपराउने बताएका थिए । जे होस्, पारशले स्वतन्त्र जिन्दगी गज्जबैसँग बिताइरहेका छन् । रोकायाको टक सोमा पारशसँगको घुमघाम सार्वजनिक भएको पाँच दिनमै झण्डै ४ लाख ५० हजारले भिडियो हेरेका छन् । मिडियामा नदेखिने पारशको जिवनशैलिसँग धेरैजना परिचित हुन खोज्छन् । यहि अवसरलाई सदुपयोग गर्दै सोनिकाले पुर्व युवराजसँग घुमघामको भिडियो हालिन् र छोटो समयमै उक्त भिडियोलाई ९ हजार बढिले मनपराएका छन् ।

पारशको बोली नबुझिएपछि सोनिकाले आफ्नो भिडियोमा उपशीर्षक दिएरै पारशले बोलेका वाक्यहरु उल्लेख गरेकि थिइन् । सोनिकाको कठपुत्ली जस्तै देखिएका पारश कहिले सोनिकाको क्यामरा बोकेर हिँडेका छन् त कहिले सोनिकाको पिटाई सहेर थोतेबोलिमा ‘के गरेको’ भन्दै तर्किन्छन् । पारशलाई दर्शकहरुको अघि राम्रो छवि देखाउन खोजेकि सोनिकाले सरकार भन्दै आफ्नो कठपुतलि बनाएको प्रतिक्रियाहरु आएको छ । विदेशिहरु भनेपछि रिसाई हाल्ने पारशले सोनिकालाई सधैँ नेपालीको कुरा गर्न लगाउँछन् र देशभक्ति देखाउँछन् । तर, देशभक्ति देखाउने माध्यम गलत भएको पो हो कि भन्दै आलोचकहरुले प्रतिक्रिया जनाएका छन् ।

प्रतिक्रिया