बिहिवार, कार्तिक १९ गते २०८३

Thursday 5th November 2026

सिन्धुलीमा घरेलु हिंसाको डरलाग्दो अवस्था

आइतवार , कार्तिक २४, २०७६

एक महिनाअघि सिन्धुलीको गोलन्जोर गाउँपालिका ६ नाकाजोलीमा मादक पदार्थ सेवन गरेर श्रीमानले श्रीमति र छोरीको हत्या गरे । एक साताअघि मात्र दुधौली नगरपालिकामा श्रीमानले घरायसी झगडामा श्रीमतीको अनुहार तातो तेलमा डुबाए । एक महिनामा भएका यी दुई ठूला घट्नाहरु त प्रतिनिधि घट्नामात्र हो । सिन्धुलीमा छोटो अवधिमा धेरै घरेलु हिंसा घटेका छन् । जिल्लामा घरेलु हिंसाका डरलाग्दा घट्नाहरु सार्वजनिक भइरहेको छ । महिला हिंसाका कारण महिलाहरु घरमै शोषित भइरहेका छन् । जिल्लामा महिलामाथि हुने हिंसा विवाहित महिलालाई भएको र महिलामाथि हुने हिंसा आफ्नै श्रीमानबाट हुने गरेको छ । पुरूष लगायत केही महिलाहरूले पनि महिलाहरूलाईहरुलाई नै हेला गर्ने र हेप्ने, कुटपिट गर्ने, जोखिमपूर्ण काममा लगाउने,एक्लै हिँडडुल गर्न नदिने, पोषणयुक्त र पेटभरी खान नदिने, तिरस्कार गर्ने, बेइज्जत गर्ने, बेवास्ता गर्ने जस्ता व्यवहारका कारण सिन्धुलीका दुर्गम क्षेत्रमा रहेका महिलाहरू शारीरिक मानसिक र संवेगात्मकरूपमा कमजोर भएका छन् । जिल्लामा लैंगिकतालाई लिएर थुप्रै कार्यक्रमहरु संचालन भए पनि नागरिकमा चेतनाको वृद्धि हुन सकेको छैन । गाउँगाउँमा घरेलु हिंसा, महिला हिंसा, लैंगिक हिंसा जस्ता कुरीतिको अन्त्यकालागि काम गर्ने संघसंस्थाले पनि हिंसा न्युनिकरण गर्न खासै पहल नगरेको देखिन्छ ।

तसर्थ, नागरिकलाई सचेत बनाउन स्थानिय तहले प्राथमिकता दिनुपर्छ । अतः सिन्धुलीमा घरेलु हिंसाका कारण देखिएका डरलाग्दा घट्नाहरुलाई मध्यनजर गरेर सरोकारवाला निकायले यस विषयलाई गम्भिरताका साथ लिन आवश्यक छ ।

प्रतिक्रिया