बिहिवार, कार्तिक १९ गते २०८३

Thursday 5th November 2026

सिन्धुलीगढी विजयोत्सवको शुभकामना !

शनिवार , कार्तिक २३, २०७६

 

एतिहासिक सिन्धुलीगढीमा अंग्रेज सेनालाई गोर्खालीले हराएर विजय हासिल गरेको दिनको सम्झनामा आजदेखि सिन्धुलीमा तीन दिनसम्म विजयोत्सव मनाइदैँ छ । कमलामाई नगरपालिकाले आयोजना गरेको विजयोत्सवको अवसरमा सिन्धुलीको केहि स्थानिय तहले समेत सार्वजनिक बिदा दिएको छ । कहिले पनि पराजय नभएको ब्रिटिश सैनिकलाई सिन्धुलीगढीमा गोर्खालीले पराजय गरेर इतिहास रचेका थिए । यहि दिनको सम्झनामा भव्यताका साथ सिन्धुलीगढीमा विजयोत्सव मनाइदैँ छ । विजयोत्सव सिन्धुलीकालागि मात्र नभएर नेपालकैलागि गर्वको विषय हो । त्यसैले, विजयोत्सव भव्यताका साथ मनाउन सम्पूर्ण जिल्लावासीले एक्यबद्धता जनाउन आवश्यक छ । कमलामाई नगरपालिका र सुनकोशि गाउँपालिकाले विजयोत्सव मनाउनकालागि सार्वजनिक बिदानै दिएको अवस्थामा स्थानिय तहले केहि हदसम्म उत्सवलाई प्राथमिकता दिइरहेको जनाउछ । सिन्धुलीगढीमा गोर्खालीले हासिल गरेको विजय ऐतिहासिक छ ।त्यसैले, विजयोत्सवलाई सबैले हर्षोल्लासका साथ मनाउनुपर्छ । विजयोत्सवकै अवसरमा सिन्धुलीगढी संग्राहालयको शिलान्यास हुदैँछ । संग्राहालयको निर्माणले सिन्धुलीगढीमा पर्यटकको संख्या निश्चयपनि बढाउनेछ । विजय उत्सवलाई भव्यताका साथ मनाउन जिल्लावासीले सहभागिता जनाउनुपर्छ । सिन्धुलीगढीको प्रबद्र्धनकालागि पनि विजयोत्सव जग बन्नेछ ।

तसर्थ, सिन्धुलीगढी विजयोत्सवको अवसरमा सबैले मनै देखि ऐतिहासिक दिनलाई हर्षोल्लासका साथ मनाउनुपर्छ । विश्वसँग पराजय नभएको शक्तिलाई सिन्धुलीगढीमा पराजय गराउने गोर्खालीको इतिहास साहसिक छ । त्यसैले, सिन्धुलीगढीको प्रबद्र्धन र प्रचारप्रसारकालागि सबैको सक्रियता जरुरी छ । र अन्त्यमा, देशवासीलाई सिन्धुलीगढी विजयोत्सवको शुभकामना !

प्रतिक्रिया