नेपालमा शान्ति सुरक्षाको अवस्था बलियो भएपनि विभिन्न कारणले थ्रेट भने अहिले पनि छ । अमेरिकी प्रतिवेदनकै अनुसार हेर्ने हो भने नेपाललाई आतंकवादीको ट्रान्जिट प्वाइन्ट बताइएको छ । अमेरिकाले भने जस्तै नेपाल आतंकवादीको लागि सुरक्षित तरिकाले बस्ने स्थान नभएपनि विभिन्न समयमा देशमा भएका केहि घट्नाले अन्तर्राष्ट्रिय आतंकवादीको डर अझै रहेको देखाउँछ । भारतसँगको खुल्ला नाकाका कारण पनि आतंकवादी सजिलै नेपाल आउन सक्छन् । त्यसैगरि, नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा कडाई नहुँदा पनि समस्या थप जटिल बनेको देखिन्छ । विशेषगरि, दुई ठूला राष्ट्रको बिचमा रहेको नेपालबाट आतंक फैलाउन सजिलो हुने गरे्को विश्लेषकहरुले बताएका छन् । त्यसैले पनि अरु देशमा आतंक मच्चाउन नेपालको प्रयोग हुने प्रति सुरक्षा संयन्त्र गम्भिर हुन आवश्यक छ ।
विभिन्न समयमा नेपालमा अन्डरवल्र्ड डनको चलखेल भएको सार्वजनिक हुने गरेको छ । तसर्थ, सिमानामा सुरक्षालाई बढाएर शान्ति सुरक्षाप्रति सरकार गम्भिर हुन जरुरी छ । त्यसैगरि, छिट्टै हुन लागेको भ्रमण वर्षलाई लक्षित गरेर थप सुरक्षा बलियो बनाउन सुरक्षा संयन्त्र लाग्नुपर्छ । अतः नेपालमा शान्ति सुरक्षा कायम राख्न समग्र परिस्थितिलाई गम्भिर भएर अनुसन्धान गर्न आवश्यक छ ।