स्व.रवीन्द्र अधिकारीकी श्रीमती विद्या भट्टराईले उम्मेदवार दर्ता गर्न गएको समयमै निर्वाचन अधिकृतको कार्यालय नजिकै राष्ट्र बैंक चोक–टुरिष्ट बसपार्क क्षेत्रमा बम बिस्फोट भएको छ । ठूलो आवाजका साथ बम विष्फोट भएको बताइए पनि त्यसको क्षतिका बारेमा कुनै जानकारी आएको छैन ।
निर्वाचन अधिकृतको कार्यालय नजिकै शंकास्पद वस्तु विष्फोट भएको कास्कीको बैदाम प्रहरी इन्चार्ज डीएसपी कोमल शाहले जानकारी दिए ।
उनका अनुसार घटनास्थलमा पुगेर प्रहरीले छनविन गरिरहेको छ । आगामी मंसिर १४ गतेको उपनिर्वाचनका लागि सत्तारुढ नेकपा प्रतिनिधिसभा उम्मेदवार विद्या भट्टराई ले उम्मेदवारी दर्ता गरेको निर्वाचन अधिकृत कार्यालय पोखराले जनाएको छ ।
विष्फोट भएको बस्तुको पहिचान हुन सकेको छैन ।बिष्फोट कसले गराएको हो भन्ने पनिखुल्न सकेको छैन ।