नेपाली सीमा अतिक्रमण गरी भारतले जारी गरेको नक्साको व्यापक विरोध भइरहेको छ । नेपाल सरकारले पनि भारतको यो कदम अस्विकार्य भएको विज्ञप्ति मार्फत बताइसकेको छ । लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई भारतले आफ्नो देशको नक्सामा राखेर सार्वजनिक गरिरहदा भारतको हेपाहा प्रवृत्तिलाई प्रष्ट रुपमा देखाएको छ । हालैमात्र चिनका राष्ट्रपति सि चिनपिङ नेपालको भ्रमण गरेको अवस्थामा भारतले नेपालप्रति देखाएको दम्भले दुई देशबिचको असन्तुलित कुटनितिक सम्बन्धलाई देखाउँछ । जे होस्, नेपालको भूमिलाई भारतले आफ्नो नक्सामा राख्नु अस्विकार्य छ । परराष्ट्र मन्त्रालयले भारतको उक्त कदम प्रति प्रश्न उठाइसकेको छ । सरकारले भारतको उक्त शैलिप्रति औँला उठाइसकेको छ । केपी ओलीको सरकारको उक्त कदम हाँतीको देखावटि दाँत मात्र नहोस् । कुटनैतिक पहलबाट भारतलाई यस्तो कार्य नगर्न नेपालले पहल गर्नुपर्छ । त्यसैगरि, नाकाबन्दीका बेला ओलीले देखाएको राष्ट्रियतालाई कायम राख्न र समग्र देशको राष्ट्रियता, सार्वभौमसत्ताको ख्याल गर्दै भारतलाई उक्त गल्ति सच्चाउन नेपालले विशेष पहल गर्न आवश्यक छ । विगतमा पनि भारतले सिमानामा ज्यादति नगरेको होइन । भारतको उक्त शैलिको विरोध गर्न नेपाल सरकार सधैँ गम्भिर भएर लाग्न आवश्यक छ ।
अतः नेपाल भारतबिचको सुमधुर सम्बन्ध कायम हुनुपर्छ तर ठूलो देशले साना देशलाई देखाएको भारत प्रवृत्तिको अन्त्य हुन जरुरी छ ।