वि.सं.२०७६ साल कार्तिक २१ गते । बिहीबार । ईश्वी सन् २०१९ नोभेम्बर ०७ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४१ । कार्तिक शुक्लपक्ष । तिथि दशमी,०९ घडी ३७ पला,बिहान १० बजेर १० मिनेट उप्रान्त एकादशी । नक्षत्र शतभिषा,१० घडी ३३ पला,बिहान १० बजेर ३२ मिनेट उप्रान्त पूर्वाभाद्रपदा । योग ध्रुव,११ घडी २० पला,बिहान १० बजेर ५१ मिनेट उप्रान्त व्याघात । करण गर,बिहान १० बजेर १० मिनेट उप्रान्त वणिज,बेलुकी ११ बजेर ११ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा वज्र योग । चन्द्रराशि कुम्भ । काठमाडौंमा सूर्योदय ०६ बजेर १९ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर १४ मिनेट । दिनमान २७ घडी १८ पला । पञ्चक। वलम्बु महालक्ष्मी यात्रा। धादिङको फूलखर्कमा गंगा-जमुना मेला।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) :- स्वास्थ्य राम्रो रहन्छ। आफ्नो निवासको विषयलाई लिएर लगानी गर्नु लाभदायक हुनेछ। तपाईंको ज्ञानको तिर्खाले नयाँ मित्र बनाउन मद्दत गर्नेछ। तपाईंले आज अन्धो प्रेम प्राप्त गर्न सम्भव भएको पाउनुहुनेछ। अझै पनि कामको खिचलोले तपाईंको मन बेह्रेको छ र परिवार र साथीहरूको लागि कुनै पनि समय निस्किन सकेको छैन। तपाईं आज यात्रा गर्दै हुनुहुन्छ भने आफ्नो सामानको अतिरिक्त हेरचाह गर्न आवश्यक छ। तपाईंको जोडीले थाहै नपाई साँच्चै शानदार केही कुरा गर्नेछन् जुन अविस्मरणीय हुनेछ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) :- पुरुषार्थी काम प्रारम्भ हुनेछ। प्रयत्न गर्दा विशेष स्थान प्राप्त हुन सक्छ। विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि विशेष काममा जग बसाउने अवसर जुट्नेछ। मेहनतले नाम, दाम र इनाम दिलाउनेछ। कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। नोकरी तथा व्यापार–व्यवसायमा लाग्नेहरूलाई फाइदा होला। रुचिका विषयमा लगानी बढाउने अवसर प्राप्त हुनेछ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) :- पुराना तथा थाति रहेका कामहरु सम्पादन हुँने हुँनाले दैनिकी सहज रुपमा अगाडि बढ्नेछ । सानो प्रयत्नले ठुलो कामहरु बन्नेछन् भने सरकारि तथा प्रशासनिक कामहरु समयमा बन्नेछन् । धर्म सस्कृति तथा धार्मिक कार्यमा मन जाने हुँनाले धार्मिक प्रतिष्ठानतिरको यात्रा गर्न सकिनेछ । पढाई लेखाईमा भनजस्तो सफलता हात लाग्नेछ भने नतिजा आफैतिर ल्याउँन सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) :- हँसिलो हुनुहोस् किनकि यो तपाईंका सबै समस्याहरूको लागि उत्तमा विष मार्ने औषघि हो। आज लगानी गर्नबाट बच्नुपर्छ। बच्चाहरुले तपाईंलाई घरेलू काम पूरा गर्न मद्दत गर्नेछन्। तपाईंकी प्रिया केही रिसाएको जस्तो हुनेछिन् जसले तपाईंलाई दबाब थपिनेछ। रचनात्मक क्षेत्रहरूमा भएका व्यक्तिहरूको लागि सुन्दर दिन किनकि तिनीहरूले धेरै दिनदेखि प्रतिक्षा गरेको ख्याति र पहिचान प्राप्त गर्नेछन्। आफ्नो तालिकामा अन्तिम मिनेटको परिवर्तनहरूको कारणले तपाईंका यात्रा योजनाहरू सर्न सक्छन्।
सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) :- अन्य क्षेत्रमा ध्यान जादा पढाई लेखाईमा अरुभन्दा पछि परिन सकिन्छ । लामो दुरिको व्यावसायिक यात्रा हुँने भए पनि उपलब्धि न्यून हुँने तथा खर्च बढ्ने हुँदा मन खिन्न हुनेछ । भौतिक साधन तथा धन सम्पति हात लाग्ने भएपनि सहिरुपमा प्रयोग गर्न नजान्दा दुर्घटना हुँन सक्छ ध्यान दिनुहोला । पारिवारिक माहोलमा दिन बित्ने तथा स्वादिष्ट भोजन खाने अवसर जुर्ने भएपनि खानपानको तालमेल नमिल्दा स्वास्थ्यमा समस्या आउँन सक्छ ख्याल गर्नुहोला ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) :- व्यस्त समय भए तापनि स्वास्थ्य राम्रो रहनेछ। हल नभएका मुद्दाहरू कठिन बन्नेछन् र खर्चले तपाईंको मन मन ढाक्नेछ। पुरानो सम्पर्क र सम्बन्ध पुनर्जीवित गर्ने राम्रो दिन। रोमान्सका लागि अवसर स्पष्ट छन् तर छोटो समयको लागि हुनेछन्। नयाँ ग्राहकहरुसँग बातचीत गर्ने यो एउटा अद्भुत दिन हो। गफ र अफवाहहरुबाट टाढा रहनुहोस्। कठिन समयमा आफ्ना जीवनसाथीबाट सहायताको कमीले तपाईंमा निराशा आउनेछ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) :- आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँन सकिनेछ भने तपाईको कार्य शैलिको सबैले समर्थन गर्नेछन् । बौद्धिक कार्यमा सहभागि भई आफ्नो गतिलो प्रश्तुति पस्कने अवसर प्राप्त हुनेछ । परिवार तथा सन्तान बाट तपाईले गरेको काममा उल्लेख्य सहयोग पाईनेछ । प्रेम प्रशङमा रमाईलो गर्दै समय ब्यातित गर्न सकिनेछ भने नयाँ ठाउँबाट प्रेम प्रस्ताब आउँन सक्छ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) :- समयमा वचन पुर्याउन नसक्ता अरूले आलोचना गर्न सक्छन्। बेसुरमा बोल्ने बानीले वादविवाद निम्त्याउन सक्छ। परिस्थितिको बन्धनले पनि स्वतन्त्रतामा बाधा पुर्याउला। महत्त्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुपर्ला। आवेशको निर्णयले समस्या निम्त्याउने हुँदा व्यवहारमा सजग रहनुपर्ला। ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन्।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) :- आफ्नो रुचिको बिषयमा दिईयको समयबाट सार्थक नतिजा आउँने हुँनाले मन प्रशन्न रहनेछ । दाजुभाई,छिमेकि तथा सहयोगिहरु सँग मिलेर गरिने कुनै पनि उत्पादन मुलक क्षेत्रमा गरिएको व्यावसाय फस्टाएर जानेछ । माया प्रेममा एक अर्कालाई सहयोग गर्दै अगाडि बढ्न सकिनेछ भने पति पत्निबिच बिश्वासको डोरो अझ कसिलो भएर जानेछ । छोटो दुरिको व्यावसायिक तथा रमाईलो यात्राको तय गर्न सकिनेछ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :- अनुशन्धानको क्षेत्रमा तपाईको बलियो पकड रहनेछ । बोलिको प्रभाव बढ्ने हुँदा बोलिकै भरमा कामहरु सम्पादन हुनेछन् । कार्यक्षेत्रमा तपाईको कामको उच्च सम्मान हुनेछ । धनसम्पति तथा आय आर्जनमा बृद्धि भएर जानेछ । आफन्त,साथिभाई तथा कुटुम्बसँगको सम्बन्धमा नयाँ अध्यायको शुरुवात हुनेछ । पारिवारिक माहोलमा जमघट भई मिष्टान्न भोजन गर्ने अवसर प्राप्त हुनेछ । सांगितिक क्षेत्रमा समय दिनेहरुका लागि आजको दिन उत्तम रहेको छ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा):- प्रतिभाको उच्च मुल्यांकन हुँनुका साथै सामाजिक रुपमा ख्याति बढ्नेछ । सिमित स्रोत साधनको प्रयोगबाट असिमित आवस्यक्ता पुरा गर्न सकिनेछ भने आर्थिक ब्याबस्थापनका पुराना मुद्दाहरु हल भएर जानेछन् । हाते औजार तथा घरेलु मेसिन प्रयोग गरेर आम्दानिका स्रोतहरु बढाउन सकिनेछ । राजनिति तथा समाजसेवामा समय दिनेहरुका लागि जनताबाट प्रत्यक्ष सहभागिता सहितको समर्थन पाईने हुँनाले समाज परिवर्तन गर्न जोस जागर बढेर आउनेछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) :- आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ। बेलैमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला। समय दिन नसक्दा काम बिग्रन सक्छ। लगानी बढाउनुपर्ने बाध्यात्मक परिस्थिति आउन सक्छ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। शुभचिन्तकहरू समेत टाढा हुनेछन्। धेरै लगानीपछि कममात्र फाइदा हुनेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला।
तपाईको दिन शुभ रहोस् ।