शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

नवनियुक्त प्रदेश प्रमुख कलौनीद्वारा पदभार ग्रहण

बुधवार , कार्तिक २०, २०७६

कर्णाली प्रदेशका नवनियुक्त प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले आज पदभार ग्रहण गरेका छन ।

मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिनुभएका प्रदेश प्रमुख कलौनीले आज यहाँ कर्णाली प्रदेश प्रमुखको पदभार ग्रहण गरेको हो ।

पदभार ग्रहण गर्दै प्रदेश प्रमुख कलौनीले कर्णाली प्रदेश सरकारले लिएको विकास र समृद्धिमा समन्वय एवं रचनात्मक भूमिका निर्वाह गर्ने बताए ।

उनलाई कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, सभामुख राजबहादुर शाही, आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा, उपसभामुख पुष्पा घर्ती, मुख्य न्यायधिवक्ता विद्याभूषण मानन्धरले माला लगाएर स्वागत गरे ।

प्रतिक्रिया