शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

आज : वि.सं.२०७६ साल कार्तिक २० गते बुधबारको राशिफल

बुधवार , कार्तिक २०, २०७६

वि.सं.२०७६ साल कार्तिक २० गते । बुधबार । ईश्वी सन् २०१९ नोभेम्बर ०६ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४१ । कार्तिक शुक्लपक्ष । तिथि नवमी,०४ घडी ४१ पला,बिहान ०८ बजेर ११ मिनेट उप्रान्त दशमी । नक्षत्र धनिष्ठा,०४ घडी २५ पला,बिहान ०८ बजेर ०४ मिनेट उप्रान्त शतभिषा । योग वृद्धि,१० घडी १६ पला,बिहान १० बजेर २५ मिनेट उप्रान्त ध्रुव । करण कौलव,बिहान ०८ बजेर ११ मिनेट उप्रान्त तैतिल,बेलुकी ०९ बजेर ०८ मिनेट उप्रान्त गर । आनन्दादिमा मित्र योग । चन्द्रराशि कुम्भ । काठमाडौंमा सूर्योदय ०६ बजेर १८ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर १४ मिनेट । दिनमान २७ घडी २१ पला । पञ्चक। कुष्माण्ड नवमी। सत्य युगादि। सक्वचँगुवने। हेटौंडास्थित कुष्माण्ड सरोवरमा धर्मिक मेला । मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) :- आय आर्जनका नयाँ स्रोत फेला पर्नेछन्। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ र उठ्नुपर्ने रकम हातलागी हुनेछ। कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ। चल-अचल धनको उपयोगबाट मनग्गे फाइदा उठाउन सकिनेछ। कामको राम्रै मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ। मिहिनेत गर्दा दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) : - विशेष काममा जग बसाउने अवसर छ। मेहनतले पदीय जिम्मेवारी दिलाउनेछ। पद-प्रतिष्ठा प्राप्त गर्ने बेला छ। अवसरले मन प्रफुल्लित गराउनेछ। धेरैले कामको तारिफ गर्नेछन्। टाढिएका साथीभाइ नजिकिनेछन्। पुरानो मित्रता दिगो परिवर्तनको संवाहक बन्न सक्छ। शुभचिन्तकहरू प्रशस्तै फेला पर्नेछन्। चुनौतीहरू हट्नेछन् भने कर्मयोग र आम्दानीले पछ्याउनेछन्। मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) :- व्यापारमा रुपैया पैसा लगानि गरि मनग्गे आम्दानि गर्न सकिनेछ । आज थालिएका जुनसुकै कामहरुबाट भनेजस्तो कमाई हुँने हुँदा आर्थिक क्षेत्र मजभुत हुनेछ । नयाँ काम पाउँने तथा नोकरिमा सुगम स्थानमा स्थानान्तरणको प्रशस्त सम्भावना रहेकोछ । राजनिति तथा समाजसेवामा जनताको समर्थन पाईने हुँनाले पद प्राप्तिको गतिलो योग रहेकोछ । कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) :- आफन्त तथा शुभचिन्तकहरुको सल्लाह तथा शुझाबलाई बेवास्ता गर्दा दुख पाईनेछ । व्यापार व्यावसायमा मन्दि आउने हुनाले आर्थिक रुपमा पछाडि परिनेछ । स्थाई सम्पतीमा बिवाद आउने योग रहेकोछ भने भौतिक सम्पति तथा अन्य साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । दिदि बहिनी तथा आफन्त सँग अनाबस्यक बिवाद हुन सक्छ । सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) :- दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ। प्रियजनसँग रमाइलो भेटघाट हुनेछ। परिवेश उल्लासमय रहनेछ। व्यवसायले रमाइलो यात्रा गर्ने अवसर दिलाउन सक्छ। मिहिनेतले जीवनशैलीमा राम्रो परिवर्तन ल्याउनेछ। प्रियजनसँग भेटघाट हुनुका साथै आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ। गृहस्थी यात्रा रमाइलो रहनेछ। आफन्तहरूको साथले नयाँ आशा जगाउनेछ। कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) :- रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। पुरुषार्थद्वारा अधिकार स्थापित गर्न सकिनेछ। प्रतिस्पर्धामा विजयी भइनेछ। शत्रुहरू किनारा लाग्नेछन्। चुनौती चिर्दै काम बनाउन सकिनेछ। ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउने चेष्टा गर्नेछन्। आफ्ना योजना गोप्य राखेर अघि बढ्दा दिगो फाइदा हुनेछ। अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। यात्राको प्रक्रिया अघि बढ्नेछ। तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) :- राजनिति तथा समावसेवामा जनताको आलोचना सहितको समर्थन प्राप्त हुनेछ । व्यापार व्यावसायमा मन्दि आउनेछ भने घर जग्गा तथा सवारि साधनको व्यावसायबाट सन्तोषजनक आम्दानि गर्न सकिनेछ । माया प्रेममा एक अर्काको भावना नबुझ्दा टाडिनु पर्ने बाध्यता आउनेछ । बिद्यार्थीहरुले पढाई लेखाईमा ध्यान नदिदा अरुभन्दा पछि परिनेछ । बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) :- हतारमा निर्णय लिने बानीले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। आफन्त तथा नजिकका साथीभाइ टाढिन सक्छन्। अरूको फाइदाका लागि उपयोग भइनेछ, परिस्थिति आफ्ना लागि भने प्रतिकूल रहनेछ। बेसुरमा दिइएको वचनले अप्ठ्यारोमा पार्न सक्छ। काम बिग्रने डरले सताइरहनेछ। तत्कालको फाइदा हेर्दा पछिलाई घाटा हुन सक्छ। बुद्धिको उपयोगले लाभ हुनेछ। धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) :- बोलिको प्रभाव बढ्ने हुँदा थोरै बोलेर मनग्गे आम्दानि गर्न सकिनेछ । कार्यक्षेत्रमा तपाईको सुमधुर आवाज तथा निर्णयको उच्च मुल्याङन हुनेछ भने समाजमा सम्मानित जीवन यापन गर्न सकिनेछ । घर परिवार तथा जीवनसाथिको सहयोगले नयाँ काम गर्न सकिने हुँदा मन प्रफल्लित हुनेछ । अध्ययनमा प्रगति हुँने तथा खोज तथा अनुशन्धानको क्षेत्रमा तपाईकै वर्चस्व कायम रहनेछ । मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी):- अध्ययन तथा अनुशन्धनको क्षेत्रमा दिईएको समयबाट राम्रो तथा परिणाममुखि नतिजा हात लाग्ने हुँदा मन प्रशन्न रहनेछ । सानो प्रयत्नले महत्वपुर्ण कामहरु बन्नेछन् भने बोलेरै मनग्गे आम्दानि गर्न सकिनेछ । आफन्त तथा कुटुम्बसँग मिलेर गरिने पेशा व्यावसाय फस्टाएर जाने हुँनाले थप लगानि गर्ने बाताबरण बन्नेछ । पारिवारिक माहोलामा जमघट भई मिठो मसिनो खाने अवसर जुर्ने हुँनाले मन पशन्न रहनेछ । कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) :- धेरै चिन्ता र तनाउले तपाईंको स्वास्थ्य बिगार्न सक्छ। तपाईंले मानसिक स्पष्टता कायम गर्न भ्रम र निराशा त्याग गर्नु पर्नेछ। अनपेक्षित बिलले आर्थिक बोझ बढाउनेछ। परिवारका सदस्यहरूसँग मतभेदमा विजयी भएर - तपाईं सजिलै आफ्नो लक्ष्य पूरा गर्नु हुनेछ। तपाईंले आज आफ्नी सपनाकी राजकुमारी भेटेकोले तपाईंका आँखा आनन्दले प्रकाशित भए र मुटुको धडकन पनि छिटो भयो। सबै कुराहरू नपढीकन कुनै पनि व्यापार / कानुनी कागजातमा हस्ताक्षर नगर्नुहोस्। मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) :- तपाईं आज ऊर्जाले पूर्ण हुनुहुनेछ र असाधारण कुरा गर्नुहुनेछ। संयुक्त उद्यम र शंकास्पद वित्तीय योजनाहरुमा लगानी नगर्नुहोस्। बन्धन र जोडिनुसँग सम्बन्धको नवीकरणको लागि सही दिन। तपाईंका जोडीका परिवारका सदस्यहरूको रुकावटको कारण आजको दिन केही कष्टपूर्ण हुन सक्छ। व्यवसायीको लागि राम्रो दिन। व्यापारको उद्देश्य लिएर अचानक गरिएको यात्राले सकारात्मक परिणाम ल्याउन सक्छ। तपाईंमध्ये कसैले टाढाको यात्रा गर्नुहुनेछ - यो धेरै व्यस्त हुनेछ - तर अत्यधिक फलदायी पनि हुनेछ।

तपाईको दिन शुभ रहोस् ।

प्रतिक्रिया