प्रचण्डकी नातिनी स्मिता दाहाल र टंक बुढाथोकी को स्वर रहेको ‘कार्टुञ्ज क्रु’ले अभिनय गरेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतको भिडियोमा काटुञ्ज क्रुका सरोज अधिकारी, आश्मा विश्वकर्मा र दिपिका कार्की देखिएका छन् ।
सुनिता नेपाल सुवेदीको शब्द रहेको गितमा दीपक शर्माको संगीत, उदयराज पौडेलको ऐरेन्ज तथा श्याम स्वेत रसाईलीको मिक्सींग रहेको छ । गीतको भिडियो कोरियोग्राफी गम्भीर विष्टले गरेका हुन् भने सरोज ओलीको निर्देशन, नवराज उप्रतिको छाँयाकन रेनिश फागोको रङ संयोजन र अर्जुन जिसीको सम्पादन रहेको छ ।