वि.सं.२०७६ साल कात्तिक १९ गते । मंगलबार । ईश्वी सन् २०१९ नोभेम्बर ०५ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४१ । कार्तिक शुक्लपक्ष । तिथि अष्टमी,०० घडी ३१ पला,बिहान ०६ बजेर ३० मिनेट नवमी । नक्षत्र धनिष्ठा,अहोरात्र । योग गंड,०९ घडी ४३ पला,बिहान १० बजेर ११ मिनेट उप्रान्त वृद्धि । करण बव,बिहान ०६ बजेर ३० मिनेट उप्रान्त वालल,बेलुकी ०७ बजेर १८ मिनेट उप्रान्त कौलव । आनन्दादिमा उत्पात योग । चन्द्रराशि मकर,बेलुकी ०६ बजेर ५६ मिनेट उप्रान्त कुम्भ । काठमाडौंमा सूर्योदय ०६ बजेर १७ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर १५ मिनेट । दिनमान २७ घडी २५ पला । धनिष्ठा पञ्चक प्रारम्भ। बैतडीको सिलङ्गामा महारुद्र कोटिहोम मेला।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) :- केही मनोरञ्जनको लागि आफ्नो कार्यालयबाट छिट्टै बाहिर निस्किने प्रयास गर्नुहोस्। ब्याङ्कका कामहरूमा धेरै ध्यान दिनु आवश्यक छ। घरको उत्सवपूर्ण वातावरणले तपाईंको तनाउ कम गर्नेछ। तपाईं पनि भागेदार हुनुहोस र मूक दर्शक जस्तो भएर नबस्नुहोस्। आज एकोहोरो माया विनाशकारी साबित हुनेछ। आज सुरुदेखि अन्तसम्म काममा तपाईंले आफुलाई ऊर्जावान महसुस गरिरहनु हुनेछ। आज गरेको निर्माण कार्य तपाईंको इच्छा अनुसार पूरा हुनेछ। तपाईंको वैवाहिक जीवनलाई आज केही ठाउँ चाहिन्छ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) :- ध्यानले राहत ल्याउनेछ। आज तपाईंको समर्पण र मेहनतले पहिचान पाउनेछ र तपाईंको लागि केहि आर्थिक इनाम ल्याउनेछ। तपाईंका निर्णयलाई अभिभावकीय मद्दत अत्यन्तै आवश्यक छ। आज प्रेममा आफ्नो विवेक शक्ति प्रयोग गर्नुहोस्। तपाईं एक दिनको बिदामा जानु हुँदैछ भने चिन्ता नगर्नुहोस् - तपाईंको अनुपस्थितिमा पनि काम सजिलै चल्नेछ। कुनै अनौठो कारणले गर्दा समस्या भएमा - तपाईं फर्केर आएपछि यसलाई सजिलै समाधान गर्नुहुनेछ। व्यापारको उद्देश्यको लागि गरिएको यात्रा लामो समयपछि लाभदायी साबित हुनेछ। दिन साँच्चै रोमान्टिक हुनेछ। तपाईंले आफ्नो जीवनसाथीसँग राम्रो खाना, सुगंध, आनन्द, सबै मिलाएर राम्रोसँग रमाइलो समय बिताउनु हुनेछ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) :- तपाईंलाई दाँत दुख्ने वा पेटमा गडबढीले केही समस्याको सिर्जना गर्न सक्छ। तुरुन्तै राहत प्राप्त गर्न चिकित्सकको सल्लाह लिनुहोस्। व्यस्त र तनाउपूर्ण यात्रा गर्नुहोस् - तर आर्थिक फाइदा भने होस्। तपाईंले बच्चाहरुसँग केहि समय बिताउनुपर्छ र तिनीहरूलाई मूल्यमान्यता सिकाउनु र तिनीहरूलाई आफ्नो जिम्मेवारीको ज्ञान दिनु आवश्यक छ। प्रेमको परमानन्द अनुभव गर्न कोई फेला पार्न सक्नुहुनेछ। आज काममा तपाईंले आफुलाई घृणा गर्नेलाई मात्रै "नमस्कार" भन्नुभयो भने तपाईंका लागि कुराहरू साँच्चै नै सुन्दर हुनेछन्। कर र बीमाको विषयमा केही ध्यान दिनु आवश्यक हुनेछ। तपाईं आफ्नो कामुक वैवाहिक जीवनमा एउटा सुन्दर परिवर्तन अनुभव गर्न जानु हुँदैछ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) :- आज स्वास्थ्य ठीक हुनेछ। सबै प्रतिबद्धता र आर्थिक कारोबार ध्यानपूर्वक गर्न आवश्यक छ। आकस्मिक परिचितहरूसँग आफ्ना व्यक्तिगत विषयहरू साझा नगर्नुहोस्। आफ्नो ऊर्जा र आवेगको कायापलट गर्न खुशियाली यात्रामा जाने सम्भावना छ। काममा मान्छेसँग काम गर्दा बुद्धि, धैर्य र सावधानी अपनाउनुहोस्। यात्रा सुखद र अत्यधिक लाभदायक हुनेछ। आफ्नो जोडीले जब सबै कुराहरू भूलेर तपाईंलाई माया गरेर अँगाल्नेछन्, तब जीवन साँच्चै रोमाञ्चक हुनेछ।
सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) :- मुद्दा मामिला तथा न्यायलयबाट हुँने निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । वादबिवाद तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई सजिलै हराउँन सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जाने तथा थप लगानि गर्ने बाताबरण बनेर जानेछ । माया प्रेम तथा दाम्पत्य जिवनको गाठो झन् गसिलो भएर जानेछ । स्वास्थ्य सम्बन्धि पुराना समस्या भए समाधान भएर जानेछ । पढाई लेखाईमा सोचेजस्तै प्रगति गर्न सकिनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) :- परिवार आफन्त तथा साथिभाईहरुको सहयोग हुने हुँनाले समस्याका पर्खालहरु आफै ढल्नेछन् । बंश बृद्धिको योग रहेको छ भने सन्तानको प्रगति देखेर मन प्रफुल्लित हुनेछ । परिवार तथा सन्तान बाट तपाईले गरेको काममा सहयोग हुनेछ । शिक्षा क्षेत्रसँग सम्बन्धित व्यापार व्यावसायमा लगानि बडाउँदा राम्रो प्रतिफल प्राप्त हुनेछ ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) :- सवारि साधन तथा घर जग्गाको खरिद बिक्रिबाट केहि मात्रमा लाभ लिन सकिनेछ । सामान्य स्वास्थ्य सम्बन्धि समस्याले पिरोल्नेछ । ब्याबस्थापन ज्ञानको कमिले आर्थिका कारोबार बिग्रने सम्भावना रहेको छ । आत्मिय मित्र तथा आमा सँग छुट्टिएर लामो दुरिका यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ । पढाई लेखाईमा नतिजा आफ्नो पक्षमा पार्नको लागि अरुदिन भन्दा बढि मेहनेत गर्नुपर्नेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) :- आफ्ना लेख रचना तथा बिचारहरुलाई सामाजिक सञ्जाल तथा मिडिया मार्फत जनमासमा लैजान सकिने समय रहेकोछ । व्यापार व्यावसायमा लगानि बढाई मनग्गे आम्दानि गर्न सकिनेछ । छोटो दुरिको रमाईलो यात्राको तय गरि दिनलाई रंगिन बनाउँन सकिनेछ । दाजुभाई तथा छिमेकिको सहयोग पाईने तथा उनिहरुको समर्थनमा राम्रा काम गर्न सकिनेछ । प्रेममा रमाउँन चाहनेहरका लागि समयले साथ लिने हुँनाले मन प्रफुल्लित हुनेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) :- बोलिको प्रभाव बढ्ने हुँदा थोरै बोलेर मनग्गे आम्दानि गर्न सकिनेछ । कार्यक्षेत्रमा तपाईको सुमधुर आवाज तथा निर्णयको उच्च मुल्याङन हुनेछ भने समाजमा सम्मानित जीवन यापन गर्न सकिनेछ । घर परिवार तथा जीवनसाथिको सहयोगले नयाँ काम गर्न सकिने हुँदा मन प्रफल्लित हुनेछ । अध्ययनमा प्रगति हुँने तथा खोज तथा अनुशन्धानको क्षेत्रमा तपाईकै वर्चस्व कायम रहनेछ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :- समाजसेवा तथा राजनिती गर्नेहरुले आज जनताको समर्थन पाउने तथा प्रतिपर्धिहरुलाई सजिलै हराउँन सक्नेछन् । नयाँ नयाँ कामको प्रस्ताब आउँनेछ भने आर्थिक ब्याबस्थापनका मुद्दाहरु सजिलै हल गर्न सकिनेछ । समस्याका पर्खालहरु बिस्तारै ढल्दै जाने तथा सत्रु परास्त हुनेछन् । प्रेम तथा मित्रताको बन्धन कसिलो हुनेछ । सुन्दर पहिरनमा सजिएर अरुको मन आफुतिर आकर्षित गर्न सकिनेछ भने सुन्दर तथा बिलाशि बस्तुहरुको उपभोग गर्न पाईने हुँनाले मन प्रशन्न हुनेछ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) :- आफन्त तथा अग्रजहरु सँग सामान्य कुरामा विवाद हुने योग रहेकोछ ध्यान दिनुहोला । स्वास्थ्यमा समस्या आई औषधि उपचार खर्च बढ्नेछ । माया प्रेममा एक अर्कालाई बिश्वास गर्न नसक्दा टाडिनु पर्ने बाध्यता आउन सक्छ भने घर परिवारमा पतित पत्निबिच कुरा बाजिनेछ । व्यापार व्यावसायमा भनेजस्तो आम्दानि हुनेछैन भने बिदेशमा उत्पादित बस्तुको व्यावसाय फस्टाएर जानेछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) :- व्यापार व्यावसायबाट मनग्ने आम्दानि हुनेछ भने आम्दानिका नयाँ नयाँ स्रोतहरु पहिल्याउँन सकिनेछ । दाजुभाई तथा आफन्तले तपाईको शुरु गर्नु भएको काममा सहयोग तथा समर्थन गर्ने हुँनाले थप लगानि गर्ने बाताबरण बन्नेछ । बिभिन्न अवसरले पछ्याउँने तथा रोजगारि पाउँने समय रहेकोछ । भौतिक सम्पति तथा भोगबिलासका सामानहरु प्राप्त हुनेछन् भने ईच्छित कामनाहरु पुरा हुँने समय रहेकोछ ।
तपाईको दिन शुभ रहोस् ।