शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

आधुनिक प्रविधिको विकाससँगै पानीघट्ट,ढिकी जाँतो र ओख्ली लोप हुँदै

शुक्रवार , कार्तिक ८, २०७६

आधुनिक प्रविधिको विकाससँगै सिन्धुलीमा कुटानी पिसानीका लागि प्रयोगमा रहेको पानीघट्ट ढिकी जाँतो र ओख्ली लोप भएका छन । मकै, कोदो, जौ, गहुँ, फापर पिसानी तथा धान कुटानीका लागि परम्परागत रुपमा प्रयोग हुँदै आएको पानीघट्ट ,ढिकी, जाँतो र ओख्ली आधुनिकतासँगै हराउन थालेका हुन ।

आधुनिकतासँगै पानीघट्टा, ,ढिकी, जाँतोहरु हराउदै गएको स्थानीय बताउँछन । पछिल्लो समय गाउँगाउँमा बिद्यृतसेवा पुगेपछि पराम्परागत पिसानका पानीघट्ट ,ढिकी, जाँतो र ओख्ली सवै लोप हुदै गएका हुन । अहिले घ्यांङलेख गाउँपालीका– ५ शान्तेश्वरी लगाएतका एक दुई स्थान बाहेक गाउँ–गाउँमा कुटानी पिसानी गर्नका लागि मिलहरु प्रयोग हुने गरेका छन्् । कमलामाई नगरपालिका–१४ का जेष्ठ नागरिक पार्वत भट्टराईकाले पानीघट्ट ,ढिकी, जाँतो र ओख्ली कुनैपनि सञ्चालनमा नभएको बताए । पर्यटकी विकास सँगैँ पराम्परागत औजारहरु जोगाउनका लागी सबैले संरक्षण गर्नु आवश्यक रहेको उनको भनाई छ ।

कुटानी, पिसानीको रुपमा प्रयोग हुने पानीघट्ट, लोप हुँदै गएका छन् । मानवजीवनमा प्रयोगमा आएका ढिकी, जाँतो, ओख्ली, ठेकी, काठले बनेका मानापाथि लगायत गाउँले सामानहरू लोप हुँदै गएका कमलामाई नगरपालिका–१४ का स्थानीय हरिराम कटुवाल बताउँछन् । “हामीले लक्काजवान हुँदा प्रयोग गरेका पानीघट्ट,ओख्ली, ढिकी, जाँतो काठका मानापाथि,ठेकी अहिले गाउँमा समेत पाइँदैन,” उनले भने, “धान कुट्ने ढिकी, ओख्ली मकै पिस्ने जाँतो,पानीघट्ट लोप भइसकेका छन् ।”

अहिले कुटानी पिसानीको लागि मिल, काठका ठेकी प्लाष्टिका पाइन्छ । परम्परागत रुपमा प्रयोग हुँदै आएको प्रविधि विस्तारै लोप हुँदै गएको छ । बढ्दो आधुनिकतासँगै दैनिक जीवनमा प्रयोग हुने परम्परागत ढिकी, जाँतो, ओख्लीलाई संरक्षण गर्नुपर्ने वेला आएको उनले बताए । “भावि पुस्तालाई देखाउनको लागि भएपनि ढिकी, जाँतो, ओख्ली, काठका ठेकी संरक्षण गर्नुपर्ने वेला आएको छ,” उनले भने, “ग्रामिण क्षेत्रमा प्रयोग हुँदै आएको ढिकी, जाँतो, ओख्ली, सिलौटो लोप हुन थालेको छ । मौलिकता झल्काउने गाँउले घरायासी औजार अहिले देख्न पाईदैन ।”

कुटानी पिसानीको लागि अत्याधुनिक बिद्युतीय मिलहरु संचालनमा आएपछि ढिकी जाँतोको प्रयोग आउन छाडेका छन् । आधुनिकतासँगै प्रविधिको विकास हुनु राम्रो हो । तर विकासको नाममा नेपालीहरुको गौरव पराम्परागत पहिचान विनास हुनु दुखद हो स्थानीय सुर्य प्रसाद चौहानले भने ।

“सबै पहाडी गाँउमा पानी र बिद्युतबाट चल्ने मिल सञ्चालनमा आएकाले ढिकी, जाँतो, ओख्ली हराएका हुन् ।” घरको ढिकी र जाँतो भन्दा गाउकै आधुनिक मिलमा धान कुटेर चामल चिउरा बनाउन थालेपछि परम्परागत औजारको लोप भएको हो ।

मकै, कोदो, फापर आदि पिस्ने जाँतो, धान कुट्ने ढिँकी, उखु पेल्ने कोल, तोरी पेल्ने र निबुवा, कागती, चिउरी, घोडाखरी पेल्न कोल समेत आधुनिक प्रविधिको विकाससँगै हराउन थालेका छन् । नेपाली परम्परागत औजारहरुको संरक्षण र प्रर्वधन गर्न सके आन्तारिक तथा वाह्य पर्यकटहरु समेत भित्र्याउन सकिने स्थानीय वुद्धिजिवीहरु बताउँछन् ।

प्रतिक्रिया