निवर्तमान सभामुख कृष्णबहादुर महराको दशैं हिरासतमा बिताए । अब उनी तिहारभरी पनि प्रहरीकै नियन्त्रणमा रहनेछन् ।
महानगरीय अपराध महाशाखाले अनुसन्धान नसकिएको भन्दै बिहिवार पुन म्याद थपको माग गरेको थियो । काठमाडौं जिल्ला अदालतका न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले बिहिबार महरामाथि अनुसन्धानका लागि भन्दै सात दिन हिरासतमा राख्ने अनुमति दिएपछि तिहार पनि प्रहरीकै नियन्त्रणमा रहने भएका हुन् ।
महरालाई अबको सात दिनभित्र प्रहरीले अनुसन्धान पूरा गर्नुपर्नेछ । उनीमाथि अर्को हप्ता मुद्दा दायर हुने निश्चित छ । संसद सचिवालयकी एक कर्मचारीले यौन दुब्र्यवहारको आरोप लगाएपछि प्रहरीले महरालाई असोज १९ गते साँझ पक्राउ गरेको थियो ।
१९ असोज देखि हिरासतमा रहेका महरा दशैंको बीचमा स्वास्थ्यमा समस्या आएको भन्दै अस्पताल भर्ना भएका थिए । उनीमाथि पटक पटक गरी तीन पटक म्याद थप भइसकेको छ ।