चर्चित र्यापर समिर घिसिङ उर्फ भिटेनलाई प्रहरीले पक्राउ गरेपछि भिटेनले समाजिक संजालमा स्टोरी हालेका छन् । उनले इन्स्टाग्राममा आफू जाउलाखेलमा रहेको भन्दै फोटो हालेका छन् महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले उनलाई जाउलाखेलबाट पक्राउ गरेको हो । उनको पछिल्लो गीत ‘यस्तै त हो नि ब्रो’ मा प्रयोग भएका शब्दहरु र फेसबुकमा राखेको तस्वीरका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको थियो ।
उनीमाथि कानूनी कारबाही प्रक्रिया अगाडि बढाइने छ ।

