नेपाल सरकारका प्रवक्ता सञ्चारमन्त्री गोकुल बाँस्कोटाको बोल्ने शैलिबाट सरकारकै आलोचना भएको प्रतिक्रियाहरु आएको छ । अमेरिकी संसद्को विदेश मामिलासम्बन्धी एक उपसमितिमा बोल्न उपस्थित अमेरिकी विदेश मन्त्रालयकी दक्षिण एवम् मध्य एशिया हेर्ने कार्यवाहक उपमन्त्री एलिस जी वेल्सले नेपालमा चिनियाँ प्रभावको कुरा उठाएपछि मन्त्री बाँस्कोटाले अमेरिकी चासोमा कुनै दम नभएको भन्दै खण्डन गरे । उनको यस्तो अभिव्यक्तिले अमेरिका चिढिने संकेत देखाएको छ । नेपाल सरकारको प्रवक्ता बाँस्कोटाले दिएको प्रतिक्रिया ठिक भएपनि बोल्ने शैलिमा प्रश्न उठेको छ । अमेरिका जस्तो शक्तिशालि देशलाई मन्त्रीले दिएको टिप्पणीले कुटनैतिक सन्तुलनमा प्रभाव पार्ने देखिन्छ ।
त्यसैगरि, बाँस्कोटाले आन्दोलनतर विप्लव समूहलाई पनि चिढाउने खालको प्रतिक्रिया दिएका छन् । माओवादीबाट फुटेर बनेको दल नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वार्ताका निम्ति अघि सारेको सर्तबारे टिप्पणी गर्दै उनले ‘छद्मभेषी कुराका पछि नलाग्ने’ बताएका छन् । यसरी आन्दोलनतर दललाई सहमतिमा ल्याउन प्रयास गर्नुपर्नेमा चिढाउने खालका अभिव्यक्ति दिएपछि मन्त्री बाँस्कोटा र सरकारको आलोचना भएको छ ।