सपथग्रहण कार्यक्रममा हिँडेका सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य र कर्णाली प्रदेश समितिका सदस्यमाथि विप्लव समूहले आक्रमण गरेको छ । केन्द्रीय सदस्य निरज आचार्य र प्रदेश समितिका सदस्य डम्बरबहादुर सिंहमाथि आज (बुधवार) आक्रमण भएको हो । जाजरकोटको वारेकोट गाउँपालिका समितिका पदाधिकारीको सपथग्रहण कार्यक्रममा जाने क्रममा विप्लव समूहले बिचबाटैमा उनीहरुलाई लाठ्ठीले आक्रमण गरेका छन् । उनीहरुलाई सोही गाउँपालिकाको वडा नम्बर ८ लैखमस्थित राहपानी झरना नजिककैको भीरमा विप्लव समूहका नेताले लठ्ठीले कुटेर घाइते बनाएका हुन् । एक्कासी विपरीत दिशाबाट आएका पाँच जना मध्येका एक जनाले लठ्ठीले कुटेका थिए । नेकापाका केन्द्रिय नेताहरुलाई हिड्न नसक्ने गरि आक्रमण भएको छ ।
एमालेको नेता भनेर गाली गर्दै उनीहरुलाई लठ्ठी प्रहार गरिएको थियो । जिल्ला प्रहरी कार्यालय जाजरकोटले घटनाबारे बुझ्न प्रहरी घटनास्थल पुगिसेकेको बताएको छ । आक्रमण गर्नेहरु को हुन भन्नेबारे एकिन जानकारी आउन सकेको छैन । घटनाबारे विप्लव नेतृत्वको नेकपाको तर्फबाट कुनै प्रतिक्रिया हालसम्म आएको छैन ।