शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

दुर्गेसको गीत युटुबबाट हट्यो, निकाले यस्तो विज्ञप्ति

मंगलवार , कार्तिक ५, २०७६

मोडल तथा गायक दुर्गेस थापाले ‘ह्याप्पी तिहार’ बोलको गीत युट्युबबाट हटाएको विज्ञप्ति निकालेर सार्वजनिक गरेका छन् । राज्यले प्रतिबन्ध लगाएको गाँजाका बारेमा गीत गाएपछि सामाजिक सञ्जाल मार्फत ‘नोट’ जारी गरी क्षमा मागेका हुन् । गीत सार्वजनिक भएर हिट भएसँगै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी परेको थियो । उनको उक्त गीतका कारण मंगलबार महानगरीय प्रहरी अपराध महाशाखाले नियन्त्रणमा लिएर साधेपुछ गरेको थियो । गाँजा खान उत्प्रेरित र प्रोत्साहन गर्ने शब्द अन्जानवस प्रयोग भएको उनले उक्त नोटमा उल्लेख गरेका छन्

उनले हस्ताक्षर गरेर क्षमायाचना माग्दै सामाजिक सञ्जाल फेसबुकमा राखेका छन्। उनले विज्ञप्तीमै प्रहरीको आग्रह अनुसार गीत युट्युब च्यानलबाट हटाएको जानकारी गराएका छन्

प्रतिक्रिया