गण्डकीका प्रदेश सभा सदस्य राजीव गुरूङ उर्फ दीपक मनाङेको जिवनिमा आधारित फिल्म बन्ने भएको छ । किरण नेपाली र अमलादेवी राईको निर्माण र जमन बिष्टको निर्देशनमा चलचित्र ‘मनांगे’ बन्न लागेको हो । जमन आफैले कथामा काम गरिरहेका छन् ।
चलचित्र ‘मनांगे’ले दीपक मनांगेको कथालाई प्रस्तुत गर्नेछ । मनांगे फिल्मको निर्देशनमा अनुबन्धित भएका जमन जमनले ओस्कार कलेजबाट स्नातक र सेफर्ड कलेजमा चलचित्र बिषयमै स्नातकोत्तर गरेका छन् । जेल हुदैँ प्रदेश सभा छिरेका मनांगेको जीवनमा थुप्रै उतारचढाव छन् । चर्चित डनको उपनाम पाएका मनांगेको जिवनीमा आधारित फिल्म दर्शकका लागि रोचक हुने निर्माणपक्षको विश्वास छ । मनांगे चलचित्रका लागि नाम चलेको कलाकारसँग कुरा भएको चर्चामा छ । उक्त फिल्म २०७७ सालको चैत्रको अन्तिम साता नयाँ बर्षलाई लक्षित गरेर चलचित्र रिलिज गर्ने निर्मातापक्षले जनाएको छ ।