शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

पारश र सोनिकाको दिनचर्याः बिहान १ बजे होटल छिर्ने, दिउँसो २ बजे निस्कने

सोमवार , कार्तिक ४, २०७६

पुर्वयुवराज पारश शाह र सोनिका रोकाया अहिले पोखरामा रमाइरहेका छन् । उनीहरु पोखराको टेम्पल ट्रिमा बसेको शुक्रबार पत्रिकाले छापेको छ । उनीहरुको दैनिकीका विषयमा पनि शुक्रबारले खुलाएको छ । बा १९ प २९२ नम्बरको हार्ली डेभिडसन बाइकमा सँगै आएका सोनिका र पारश त्यसयता सँगै बसिरहेका छन् । पारस र सोनिकाको दैनिकीको खुलासा गर्दै शुक्रबारका अनुसार उनीहरु बिहान अबेर उठ्ने गरेका छन् । खान मन भए कोठामै मागेर ब्रेकफास्ट गर्छन् । कहिले गार्डेनमा आएर ब्रेकफास्ट लिन्छन् । उनीहरुको लञ्च र डिनर प्रायः बाहिर नै हुन्छ।

सोनिका र पारस दिउँसो दुई बजेतिर होटलबाट बाहिर निस्कन्छन् । त्यसपछि साँझ एक छिन रेस्ट गर्न आउँछन्। राति ९ बजेतिर निस्किएका उनीहरु १२ देखि १ बजे रातमा होटल छिर्ने गरेका छन् ।

‘उनीहरु दिनभर बाहिर निस्कन्छन्,’ स्रोतलाई उद्धृत गर्दै शुक्रबारले लेखेको छ, ‘केही समय रेस्टमा आउँछन्। फेरि राती निस्केर अबेर आउँछन्। कहिले कुन बारमा जान्छन्। कहिले कुनमा, सोध्ने कुरा भएन तर उनीहरुको मुड देख्दा भने बडो रमाइरहेको देखिन्छ।’

यी सबै विवरणले सोनिका र पारस बीचको सम्बन्ध र निकटता कुन तहको हो पुष्टि हुन्छ नै।

पोखराको त्रिसरा लाउन्जसँगै लेकसाइडकै डुंगा रेस्ट्रो एन्ड लाउन्ज बारमा उनीहरु देखिन्छन् । डुंगामा रमाउन पुगेका पारस र सोनिकासँग उनका थुप्रै शुभेच्छुकले तस्बिर खिचेका छन्। डुंगामा जाँदा समेत उनीहरु बाइकमै पुगेका थिए ।

प्रतिक्रिया