शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

बसबाट यात्रुको एक लाख पैसा चोरेर भाग्दै गर्दा २ जना महिला पक्राउ

सोमवार , कार्तिक ४, २०७६

बसबाट रु एक लाख नगद चोरी गरेर भाग्दै गरेका दुई महिलालाई प्रहरीले आज चारआलीबाट पक्राउ गरेको छ । पक्राउपर्नेमा भारतको पानीट्याङ्की घर बताउने २५ वर्षीया पूजा गुल्ठा र २५ वर्षीया कविता मण्डल रहेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठका अनुसार काँकडभिट्टा– विर्तामोड चल्ने यात्रु बसमा यात्रा गर्दैै गरेकी अर्जुनधारा नगरपालिका–२ की ४० वर्षीया विमला रोक्का(सार्की )को ब्यागबाट नगद रु एक लाख चोरी भएको थियो ।

चोरी भएको थाहा पाएलगत्तै प्रहरीलाई रोक्काले खबर गरेपछि इलाका प्रहरी कार्यालय धुलाबारी र चारआली चौकीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई मेचीनगर–१३ स्थित मेट्रो पेट्रोल पम्प नजिकबाट टेम्पो चढेर काँकडभिट्टातर्फ जाँदै गर्दा नगदसहित पक्राउ गरेको हो । पक्राउ परेका दुवै महिलालाई इलाका प्रहरी कार्यालय धुलाबारीमा राखेर थप अनुसन्धान भइरहेको प्रवक्ता श्रेष्ठले बताए ।

प्रतिक्रिया