शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

वाणिज्य संघ, मरिणको अध्यक्षमा चिनध्वज बम्जन

सोमवार , कार्तिक ४, २०७६

–उद्योग वाणिज्य संघ सिन्धुलीले मरिण गाउँपालिकामा आफ्नो शाखा विस्तार गरेको छ । छैटौँ शाखाका रुपमा उद्योग वाणिज्य संघ,मरिण गठन भएको हो ।

वाणिज्य संघ,मरिणको अध्यक्षमा चिनध्वज बम्जन सर्वसहमतीमा चुनिएका छन् । उपाध्यक्षमा द्धोय जिल्लाप दोर्जे लामा(सुनिल) र भगवान माझी,सचिवमा राम बहादुर कार्की,कोषाध्यक्षमा नरेन्द्र कर्मचार्य र उपसचिवमा बेनुपराज उप्रेती चुनिएका हुन ।

यस्तै सदस्यहरुमा सार्किमान घिसिङ्ग,रुकमणी माझी,महेन्द्र कुमार श्रेष्ठ,लक्ष्मी कुमारी कार्की(मगर) लगाएत चुनिएका उद्योग वाणिज्य संघ सिन्धुलीले जनाएको छ ।

उद्योग वाणिज्य संघ,मरिणमा एद्यार जनाको कार्यसमिती आईतबार एक कार्यक्रमका विच गठन भएको हो ।

प्रतिक्रिया