शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

फेरि दर्शक रुवाए प्रकाश सपुतले (हेर्नुस् भिडियो )

आइतवार , कार्तिक ३, २०७६

बरिष्ठ सर्जक रमेश बिजीको मर्मस्पर्शी शब्द संयोजन र होनाहार संगीतकार बिबी अनुरागीको संगीतमा बहुचर्चित सर्वप्रिय गायक राम कृष्ण ढकालको स्वरले सजिएको “टिका माला” बोलको तिहार गीत बजारमा आएको छ ।

चर्चित गायक तथा मोडल प्रकाश सपूत र सरिता लामिछानेको जीवन्त अभिनय रहेको यस गीतको भिडियोलाई निर्देशक शंकर बीसीले निर्देशन गरेका हुन् । सबै भन्दा धेरै म्युजिक भिडियो निर्देशन र अभिनय समेत गरिसकेका शंकर बिसी भन्छन् : अहिलेसम्मकै उत्कृष्ट भिडियो भित्र यो पनि पर्छ, “म राती भिडियो हेरेर रुँदै निदाएँ ।”

भिडियोमा अन्य कलाकारहरु मोनालिशा शर्मा, दीपक डि.बी, दीज्ञा महत, दपमर्श महत, खेम नेपालीले साथ दिएका छन् ।

दुर्गा पौडेलले खिचेको भिडियोलाई नवीन घर्ती मगरले सम्पादन गरेर विन्धयाबासिनी म्युजिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

भिडियो हेर्नुस् :-

 

प्रतिक्रिया