निवर्तमान सभामुख कृष्णबहादुर महरालाई जर्बजस्तीको अभियोग लगाएकि पिडित भनिएकि महिलानै अदालतमा उपस्थित भएर छुटाउनका लागि बयान दिन पुगेकी छिन् । रोशनि शाहि आइतबार नाटकीय तरिकाले काठमाडौं जिल्ला अदालतमा पुगेकि थिइन् । हिरासतबाट छुटाउन रोशनी शाही स्वयं अदालत पुगेकी छिन् । उनले प्रहरीको दबाबमा उजूरी दिएको बयान दिएर घटनालाई नयाँ मोड दिएकी छिन् ।
न्यायाधीश बाबुराम सुवेदीको इजलाशमा उनले प्रहरीको करकापमा किटानी जाहेरी दिन वाध्य पारिएको बयान दिइन् । रोशनीले शुरुमा मिडियामार्फत् आफूमाथि महराले जर्बजस्ती गरेको आरोप लगाइन् । त्यसलगत्तै उनी महराको पक्षमा उभिइन् । आफैले किटानी जोहरी दिइन् र आफै अदालतमा उपस्थित भई करकापमा उजूरी दिएको बताइन् । आफूमाथि कुनै दुव्र्यवहार नभएको समेत बताइन् । यसले घटनालाई थप रहस्यमय बनाएको छ ।
अदालतले भने महरामाथि अनुसन्धान गर्न अझै पाँच दिन म्याद थप गरेको छ । जिल्ला न्यायाधीश बाबुराम सुवेदीको इजलासले सरकारी वकिल र महराका वकिलहरूको बहस सुनेपछि यस्तो अनुमति दिएको हो । सरकारी वकिललेसात दिनको म्याद मागेपनि महराको बयान लिन बाँकी रहेकाले पाँच दिन म्याद थप गरेको अदालतले जनाएको छ । आजदेखि प्रहरीले उनको बयान लिन सुरू गरेको थियो ।