हाँस्य कलाकार एवं निर्देशक दीपकराज गिरीले हालै एक अन्तरवार्तामा आफू गाँजा प्रयोगकर्ता भएको बताएपछि समाजिक संजालमा निकैनै आलोचना खेपरहेका छन् । उनले एक कार्यक्रममा बिना कुनै संकोच गाँजा खाएर फिल्मको काम थाल्ने गरेको बताए । हालै रिलिज भएको ‘छ माया छपक्कै’ को फिल्म रिभ्यु राम्रो नआएपछि शुक्रकार साप्ताहिकले गजेडी दिपकको शिर्षकमा समाचार प्रकाशित गरेको छ । उनले उक्त अन्तर्वार्तामा फिल्मको सुटिङ सकिएपछि एक स्टिक गाँजा खाएर झुम्म बस्ने गरेको बताए । गाँजाले मान्छेलाई सिर्जनशील बनाउने उनको दाबि छ । तर, उनले धेरै खाए विष हुने कुरा पनि उल्लेख गरे ।
शुक्रबारले लेखेको छ, ‘टेलिसिरियल तितो सत्यहुँदै ठुलो पर्दाको फिल्म बनाउन थालेका उनका फिल्म व्यापारीक रुपमा सफल भए पनि गुुणस्तरको रुपमा कच्चा देखिएको कतै त्यही गाँजाकै कमाल त हैन ? दीपक नेपालका लोकप्रिय कलाकार हुन् । उनका फ्यान फलोइङ राम्रै छ । उनले सञ्चारमाध्ययमा सार्वजनिक रुपमा गाँजाको बखान गरेर आफ्ना फ्यानलाई गँजेडि बन भन्न खोजेका हुन् त ?ओठे जवाफ दिन माहिर उनले मेरो खुसी म जेसुकै खाँउ भन्न नि सक्लान् । गाँजा खाए नि चरेस खाए नि ब्यक्तिगतै कुरा हो लुकेर खाएसम्म । तर यसरी सार्वजनिक रुपमै लागुऔषधको प्रमोशन गरेपछि चासो त हुने नै भयो । हुन त अहिले प्रहरीलाई सांसद समात्दैमा फुर्सद छैन । हास्यकलारको गम्भिर कुरा अनुगमन कसरी गर्न भ्याउनु । नत्र उनको अभिब्यक्ति नेपालको कानुन अनुसार हिरासतमा राख्न योग्य नै हो । ’