शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

म्यानमारका राष्ट्रपतिले भण्डारीसँग चप्पल लगाउनुका कारण....

शुक्रवार , कार्तिक १, २०७६

म्यानमारको राजकीय भ्रमणमा रहेकि राष्ट्रपति विद्यादेवी भण्डारीको समकंक्षी म्यानमारका राष्ट्रपति यु विन मिन्टले भण्डारीसँग भेट्दा चप्पल लगाएपछि अहिले समाजिक संजालमा आलोचना गर्नेकालागि राम्रो विषय बनेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको अपमान गरेको भन्दै एकथरिले हासोँ उडाए भने केहिले नेपालको बेइज्जत भएको भन्दै आलोचना समेत गरे । तर, वास्तविक के हो भने म्यानमारका राष्ट्रपतिले लगाएको उक्त पोशाक र चप्पलनै म्यानमारको राष्ट्रिय पोशाक हो ।

हेर्दा अनौपचारिकजस्तो देखिए पनि म्यानमारको राष्ट्रिय पोशाक यही हो । विगतमा म्यानमारको भ्रमणमा रहेका उच्च तहका पाहुनाहरुसँग पनि उच्चपदस्थहरुले यस्तै अवतार लगाएका थिए । अमेरिकाका पुर्व राष्ट्रपति बाराक ओबामासँग भेट गर्दा पनि फित्तावाल चप्पलमै म्यानमारका प्रतिनिधि देखिएका थिए ।

प्रतिक्रिया