प्रधानमन्त्री केपी ओलीले देशकै चर्चित पत्रिका एवं अनलाईन कान्तिपुरसँगको अन्तर्वार्तामा पुर्व सभामुख कृष्णबहादुर महरालाई दोषोरोपण गरेका छन् । उनले अमेरिकाले अघि सारेको ‘इन्डो–प्यासिफिक स्ट्राटेजी’ को मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुदानको सम्झौता नेपालको संसदबाट अनुमोदन नभएपछि पुर्वसभामुख महरालाई दोष लगाएका हुन् । प्रधानमन्त्री ओलीले, ‘इन्डो–प्यासिफिक स्ट्राटेजी’ को रणनीतिअन्तर्गत अमेरिकाले अघि सारेको ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तर्गतका कार्यक्रम सर्तअनुसार संसद्को बर्खे अधिवेशनबाट त्यसलाई पारित नगरिएकामा प्रधानमन्त्री ओलीले रोष प्रकट गरे । उनले यसको दोष निवर्तमान सभामुख कृष्णबहादुर महरालाई दिएका छन् । एमसीसी अनुदानको सम्झौता नेपालको संसद्बाट अनुमोदन गर्नुपर्ने सर्त छ । उक्त रणनिति नेपालको हितमा रहेको र त्यसलाई नेपाली संसद्ले अनुमोदन गर्ने जानकारी दिए ।
प्रधानमन्त्री ओलीले अन्तर्वार्तामा तत्कालीन सभामुखले बेठीक गरेको बताए । उनले भने, ‘सरकारले टेबुल गरिसकेपछि अन्यत्रका दृष्टिकोण र छलफलका आधारमा अनुमोदनका लागि प्रस्तुत नगर्नु कर्तव्यभन्दा परको (कुरा) भयो ।’ प्रधानमन्त्री ओलीले भने, ‘कसैले उहाँलाई केही भनिदियो, त्यसपछि उहाँ विभिन्न नेताका अभिव्यक्तिलाई लिएर पनि विचार गरौं भन्नेतर्फ लाग्नुभयो ।’ सभामुख महराले पदीय हैसियतअनुसार काम नगर्दा सम्झौता अनुमोदन नभए पनि अबको हिउँदे अधिवेशनले एमसीसीलाई अनुमोदन गर्ने उनको भनाइ थियो ।
प्रधानमन्त्री ओलीसँगको विस्तृत अन्तर्वार्ता भोलिको कान्तिपुरमा आउने कान्तिपुरले उल्लेख गरेको छ ।