शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

अदालतले पुडासैनी प्रकरणमा रविबारे निर्णय गर्यो

बिहिवार , आश्विन ३०, २०७६

शालिकराम पुडासैनी प्रकरणमा मुछिएका सञ्चारकर्मी रवि लामिछाने र युवराज कँडेलको पक्षमा उच्च अदालत पाटनको हेटौंडा इजालसले सुनुवाई गरेको छ । सञ्चारकर्मीद्वय लामिछाने र कँडेलले जिल्ला अदालत चितवनको आदेश विरुद्ध पेस गरेका निवेदनमा उनीहरुको पक्षमा विहीबार सुनुवाई भएको छ ।

इजालसले सञ्चारकर्मी लामिछाने र कँडेलको पक्षमा सुनुवाई गर्दै धरौटी माग गर्ने आदेशलाई सदर गरेको छ, भने विदेश जान अनुमति लिनुपर्ने, कार्यक्रम सञ्चालन गर्न नपाउने लगाएतका जिल्ला अदालतको सर्तहरुलाई भने बदर गरेको छ । यो सँगै लामिछाने र कँडेलले विदेश जान अदालतको कुनै अनुमति नचाहिने भएको छ ।

गत भदौ २३ गते लामिछाने र कँडेलले जिल्ला अदालतको फैसलाविरुद्ध उच्च अदालत हेटौंडामा निवेदन पेस गरेका थिए । शालिकराम पुडासैनी प्रकरणमा ‘सीधाकुरा जनतासँग’ कार्यक्रमका प्रस्तोता लामिछाने र उनका सहकर्मी कँडेल क्रमशः पाँच लाख र तीन लाख धरौटीमा रिहा भएका थिए । यसै प्रकरणमा शालिकरामकी गर्लफ्रेण्ड भनिएकी अस्मिता कार्की ‘रुकु’ भने साधारण तारेखमा रिहा भएकी थिइन् ।

प्रतिक्रिया