दिनहुँ नेपालबाट हजारौँको संख्यामा युवाहरु विदेशिने गरेका छन् । युवाहरुले स्वदेशमा रोजगारको अवसर नपाएर विदेशिनु परेको अवस्था छ । आवश्यक पुर्वाधार र जनशक्तिको अभावका कारण स्वदेशमा उद्यमतर्फ युवाहरु आकर्षित हुन सकिरहेका छैनन् । पछिल्लो समय धेरै युवाको रोजाइ विदेश बन्दै गएको छ । स्वदेशमै केही गर्न चाहने युवाहरुपनि विदेशिन बाध्य छन् । नेपालमा उत्पादन गर्न सकिने कृषि तथा कृषीजन्य बस्तु समेत ठूलो मात्रामा आयात भईरहेको अवस्थामा युवाहरु विदेशिनु नेपालका लागि सुखद कुरा होइन ।
तसर्थ, युवाहरुले स्वदेशमा नै अवसरको सदुपयोग गरी देशलाई आत्मनिर्भर बनाउनतर्फ लाग्नुपर्छ । यसकालागि सरकारले पनि विभिन्न कार्यक्रमहरु ल्याएर युवाहरुलाई लाभान्वित गराउनुपर्छ । उद्यमशीलताको विकास गर्दै स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्न आवश्यक कानूनी तथा प्रक्रियागत सुधार, संस्थागत छलफललाई बढावा दिन आवश्यक छ । अतः सरकारले स्वदेशमै रोजगारीको सिर्जना गरी युवालाई देशको आर्थिक, सामाजिक तथा भौतिक विकासमा उपयोग गर्ने उद्देश्य लिन जरुरी छ ।