सल्यानको कपुरकोट गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनले मौलिक कला संस्कृतिको संरक्षणमा युवा जुट्नुपर्ने बताएका छन् । उनले कपुरकोटको गैरिवाङमा आयोजित पौरानीक मेला तथा सांस्कृतीक कार्यक्रममा संस्कृती संरक्षणमा जोड दिएका हुन् ।
उनले उक्त कार्यक्रममा कपुरकोट गाउँपालिकाले संस्कृती संरक्षणका लागी बजेट समेत विनियोजन गरेको जानकारी दिए । त्यसैगरि, अध्यक्ष सेनले केहि समय पछि मौलिक लोक कला संस्कृतीको सम्मेलन तथा प्रतिगोगीता आयोजना गरिने पनि बताए । उनले युवाहरुलाई लक्षित गर्दै भने, ‘आफ्नो गाउँठाउँको सोरठी, पैसरी नृत्य तथा टप्पा, झाँप्रे गित लगाएत मौलिक कला संस्कृती पछिल्ला पुस्ताले सिक्नुपर्छ ।’
सृजनशिल वहु सांस्कृतीक युवा क्लवको आयोजनामा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष तिला बुढा मगर, साहित्यकार भद्र सिंह बुढा, वडाध्यक्ष बालाराम खड्का, शिक्षक महासंघ सल्यानका अध्यक्ष मधुसुदन गिरी लगाएतको उपस्थिति रहेको थियो । उनीहरुले मेला पर्व तथा विभिन्न कार्यक्रममा कलाकारहरुले सन्देशमुलक र जनचेतना फैलाउने प्रस्तुती राख्नुपर्नेमा जोड दिएका थिए ।