शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

रात्रिभोजको गिलासको ३ किस्साः मुल्य देखि विद्यादेविले समातेको तरिकासम्म

आइतवार , आश्विन २६, २०७६

नेपालका राष्ट्रपति विद्यादेवि भण्डारीले स्वागतकालागि चिनियाँ राष्ट्रपति सि चिनपिङलाई दिएको रात्रिभोजमा प्रयोग भएको पिय पदार्थको गिलास समाजिक संजालमा चर्चाको विषय बनेको छ । रोगास्का क्रिस्टल लिबर्टी नामको उक्त वाइन गिलासको जोडि मुल्य ५० डलर अर्थात् ५ हजार रुपैँया रहेको छ ।

दोश्रो किस्सा भने राष्ट्रपति भण्डारीको समात्ने तरिका रहेको छ । उनले सिसँग चियर्स गर्दा ग्लास समातेको तरिकाका बारेमा खिल्ली उडाइएको छ । उनले वाइन गिलास तल समात्नु पर्नेमा माथीनै समातेकि थिइन् ।

त्यसैगरि, राष्ट्रपति सीले भण्डारीसँग गिलास ठोकाउँदा सीको गिलास समकक्षी भण्डारीको भन्दा तल रहेको विषयलाई पनि समाजिक संजालमा चर्चा भएको छ । सीले गिलास तल पारेर विनम्रता देखाएका छन् । किनभन्, चिनियाँ समाजमा गिलास तलमाथि हुनुको ठूलो अर्थ हुन्छ । चिनियाँहरु आफूभन्दा ठूला वा सत्कार गर्नुपर्ने व्यक्तिसँग गिलास ठोक्काउँदा आफ्नो गिलास अलिकति तल झुकाउने गर्दछन् । सीले देखाएको विनम्रतालाई सबैले प्रशंसा गरेका छन् । विश्वकै शक्तिशालि व्यक्ति भएर पनि नेपाल जस्तो अल्प विकसित देशका राष्ट्रपतिप्रति सीले देखाएको विनम्रतामा धेरैले, ‘फलेको वृक्षको हाँगा नझुकेको कहाँ छ ’ भन्दै प्रतिक्रिया जनाएका छन् ।

प्रतिक्रिया