नेपाली कांग्रेसका सांसद मोहम्मद अफताव आलम प्रहरीको नियन्त्रणमा परेका छन् । उनलाई रौतहटस्थित उनकै निवासबाट आज बिहान लाई प्रहरीले गिरफ्तार गरेको छ । रौतहट–२ का प्रतिनिधि सभा सदस्य समेत रहेका आलमलाई पाँच जना मारेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । उनलाई २०६४ सालमा बम बनाउँदै गर्दा पड्केर घाइते भएका पाँच जनालाई इँटा भट्टामा पोलेर मारेको आरोप लागेको थियो । पाँचजना मध्य मृतक दुई जनाको परिवारले त्यहीबेला आलमविरूद्ध जाहेरी दिएका थिए ।
सोही पुरानो जाहेरीको आधारमा आलम पक्राउ परेको प्रहरीले जानकारी दिएको छ ।