चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपालमा उत्रिसकेका छन् । सी चढेको विमानअघिनै एउटा विशेष विमान अवतरण गरेपछि त्यहिमा सी रहेको धेरैले आशंका गरे । तर, उक्त विमान अवतरण गरेको झण्डै ४५ मिनेट पछि अर्को विमान अवतरण गर्यो जस्मा सी चढेका थिए ।
उत्रिएका विमानमध्ये कुनमा चिनियाँ राष्ट्रपति चढेका थिए भन्नेमा धेरैलाई अन्यौल पर्यो । विमानस्थलमा उनलाई स्वागत गर्न बसेका विशिष्ट अतिथिहरु नै ट्वाल्ल परिरहे । पहिलो विमानबाट चिनियाँ विदेशमन्त्री लगायत विशिष्ट अतिथिहरु उत्रिए । विमानको भर्याङमुनी राष्ट्रपति विद्यादेवी भण्डारी पुगेपछि मात्र पुष्टि भयो कि सी दोश्रो विमानमा थिए ।