निवर्तमान सभामुख कृष्णबहादुर महरा र रोशनी शाहीको काण्डले अझै पनि सर्बसाधारणलाई अन्यौलमा पारिरहेको छ । पिडित भनिएकी संसद सचिवालयमा कार्यरत कर्मचारी रोशनी शाहीले लिखित जाहेरी दिएपछि महरा पक्राउ परेका थिए । तर यो कुरालाई खण्डन गर्दै रोशनी शाहीले आफूलाई प्रहरीले ९ घण्टासम्म बन्धक बनाएर ज ब र्जस्ति महरा विरुद्द जाहेरी दिन लगाइएको बताएकी छिन् ।
‘असोज १७ गते करिब ८:४५ बजे प्रहरी बृत्त बानेश्वरले मलाई सोधपुछका लागि भनेर बोलाई करिब ९ घण्टासम्म बन्धक बनाई मनोवैज्ञानिक तथा मानसिक दबाव दिएर कृष्ण बहादुर महराले करणी प्रयास गरेको निवेदन दर्ता गर्न लगाइएको हो,’ रोशनीले आफ्नो विज्ञप्तिमा भनेकी छिन् ।
उनले आफूले घटनाको सत्यतथ्य सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्न खोजेको तर प्रहरीले रोकेको बताएकी छिन् । प्रहरीमाथि आरोप मात्र हैन उनले आफ्नो स्वास्थ्य अवस्थाको फाइदा लिंदै पत्रकार जवरजस्ती कोठामा आएर अन्तर्वार्ता लिएको र आफ्नो अनुमति विना प्रशारण गरेको आरोप समेत लगाएकी छिन् ।उनले आफ्नो अनुमति विना अन्तर्वार्ता सार्वजनिक भएको भन्दै साइबर क्राइम अन्तर्गत मुद्दा हाल्ने चेतावनी समेत दिएकी छिन् ।
निक्कै लामो समय सामाजिक संजालमा नदेखिएकी रोशनी एकाएक सामाजिक संजालमा सक्रिय हुदै यी हस्त लिखित प्रेस विज्ञप्ति र अन्य डकुमेन्टहरु सार्बजनिक गर्नाले यस प्रकरण प्रति सर्बसाधारण झन् अलमलमा परेका छन ।
रोशनीले आफ्नो फेसबुकमा सार्बजनिक गरेको प्रेस विज्ञप्ति :

उनले असोज १५ गते प्रहरीमा दिएको निवेदन

