शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

भिकारीले आफ्नो रकम झिक्दा बैंकनै रित्तियो

शुक्रवार , आश्विन २४, २०७६

सडकको छेउछाउमा माग्न बस्ने भिकारीसँग कति रकम हुन्छ भन्ने बारे यो खबर सुन्दा तपाईं अचम्म लाग्न सक्छ । एक भिकारीले आफ्नो बैंक खाताबाट यति धेरै रकम निकालेका छन् कि जसका कारण बैंक नै खाली भएको छ ।

एक भिकारीको खातामा ६.३७ करोड भारतीय रुपैयाँ भएको खुलासा भएको छ । यस्तो खबर बाहिरिएपछि अहिले उक्त भिकारीको संसारभर चर्चा भैरहेको छ ।

यो घटना लेबनानको सीदोन शहरको हो । यहाँ एक प्रसिद्ध अस्पतालको छेउमा वाफा मोहम्मद नाम भएकी महिला दिनभर भिख माग्छिन् । विगत दश वर्ष अघिदेखि उनले भिख मागेरै जिवन गुजारा गरिरहेकी छिन् ।

रिपोट्सका अनुसार, उनले आफ्नो पैसाको एक बैंकबाट अर्को बैंकमा ट्रान्सफर गर्न गएकी थिइन् । त्यसपछि बैंकमा रकम सकियो, यसपछि उनको २ वटा चेक अहिले सञ्जालमा भाइरल भइरहेका छन् ।

उनको दुवै चेक ३० सेप्टेम्बर २०१९ मा काटिएको छ । चेक भाइरल भएपछि यस घटनाको रहस्य खुलेको हो ।

प्रतिक्रिया