आइतवार, कार्तिक २९ गते २०८३

Sunday 15th November 2026

उफ्फ नेपाली हिरोइन ! बिकिनिमा देखिरहने, हावामै किस (केहि तस्बिर सहित)

बिहिवार , आश्विन २३, २०७६

हिजोआज नेपाली हिरोइनहरु खुलेको कपडा लगाएर तस्बिर हालिरहेका हुन्छन् । केहि समय अघिसम्म बिकिनिमा तस्बिर हाल्न हिच्कीचाउनेहरु अहिले भने बिकिनिका तस्बिरहरु समाजिक संजालमा सार्वजनिक गर्दै आएका छन् । बिकिनिमा खुलेर तस्बिर सार्वजनिक गर्नेमा प्रियंका कार्की अग्रस्थानमा छिन् । उनले केहि समयअघि मात्र पनि जिपलाइनमा पति आयुष्मानलाई किस गरेको तस्बिर इन्स्टाग्राममा पोस्ट गरेकि थिइन् । हावामा पनि किस खान नछोड्ने भन्दै केहिले आलोचना गरे भने केहिले उनीहरुको मायाको तारिफ गरे । अर्कि चर्चित नायिका स्वस्तिमा खड्कापनि अचेल खुलेको कपडामा देखिन्छन् । उनकालागि बिकिनिमा तस्बिर खिच्नु सामान्य जस्तो भएको छ । विगतमा धेरै बिकिनिमा नदेखिने खड्का अहिले भने बिकिनिका तस्बिर सार्वजनिक गरिरहेकि हुन्छिन् ।

भारतमा मोडलिङ गर्दै नेपाली फिल्ममा समेत अभिनय गरेकि अदिति बुढाथोकि बिकिनिमा तस्बिर खिचिरहेकी हुन्छिन् । उनी दिनहुँ जसो आफ्नो बिकिनिका तस्बिरहरु समाजिक संजालमा सार्वजनिक गर्छिन् । फिल्ममा नचले पनि उनका तस्बिरहरु फ्यान्सहरुले मनपराइरहेका हुन्छन् । जेहोस्, नेपाली हिरोइनहरु अहिले खुलेर आउन थालेका छन् ।

 

 

 

 

 

प्रतिक्रिया