२०१० को मिस नेपाल सदिक्षा श्रेष्ठ ग्लामरस क्षेत्रमा देखिएकि छैनन् । उनी मिस नेपाल भएपछि पढ्नका लागि थाइल्याण्ड पुगिन् । पढाई सकेर नेपाल फर्किएकि सदिक्षाले काठमाडौँमा बुटिक संचालन गरिन् । उनले डीभा बुटिक संचालनसँगै कार्यक्रमको प्रस्तोताका रुपमा पनि सक्रिय छिन् । विभिन्न कार्यक्रमहरुमा उनी होस्टका रुपमा देखिन्छिन् । जे होस्, मिस नेपाल ग्लामर क्षेत्रमा नदेखिएपनि ग्लामरस तस्बिर समाजिक संजालमा सार्वजनिक गर्दै आएकि छिन् । थाइल्याण्डको फि फि टापुमा खुलेर सदिक्षा रमाएकि छिन् । उनी केहिसमयदेखि थाइल्याण्डमा रमाईरहेको तस्बिर फेसबुकमा सार्वजनिक गर्दै आएकि छिन् ।
सदिक्षा मिस नेपालको जिम्मेवारीको समयावधि पूरा गरेपछि गायब नै भइन् । गायबनै भएपनि संचारमाध्यममा उनी गुमनाम भएकि छैनन् । उनको सुन्दरता र क्षमताको सधैँ चर्चा हुने गरेको छ । उनले आफ्नो धुर्मुस सुन्तलिलाई १ लाख सहयोग गरेर बुटिकको उद्घाटन गरेकि थिइन् । सदिक्षा समाजिक कार्यमा निकैनै सक्रिय रहेकि छिन् ।






