सिन्धुली,०१ मंसिर – बीपी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–९ स्थित सुकेखोलामा मोटरसाइकल र हायस एकआपसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ ।
बर्दिबासबाट सिन्धुलीतर्फ आउदै गरेको बागमती प्रदेश ०२–०६४ प ०७९५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जादै गरेको बा ५ ख ६९९८ नम्बरको हायस सोमवार बिहान करिब ११ः१५ बजे शिखर होटलअगाडि एकआपसमा ठोक्किएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाले मंगलवार जनाएको छ । दुर्घटनामा मोटरसाइकल चालक सप्तरीको सुरुङ्गा नगरपालिका–७ निवासी २० वर्षीय अभिशेक चौधरी गम्भीर घाइते भएका थिए ।
दुर्घटनापछि चौधरीको अनुहार, टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेको थियो । उनलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल सिन्धुली पु¥याइएकोमा अस्पतालमा उपचारकै क्रममा दिउँसो १२ः३५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।
मोटरसाइकलसँग ठोक्किएको हायस रामेछापको सुनापाती गाउँपालिका–५ निवासी ३३ वर्षीय सुमनबहादुर पुलामी मगरले चलाएका थिए । प्रहरीले दुर्घटनामा संलग्न दुवै सवारीसाधन तथा हायस चालकलाई नियन्त्रणमा लिएको जनाएकोछ । दुर्घटनाको थप विवरण तथा घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।