रामेछाप,२० असोज — लिखुतामाकोशी गाउँपालिका–०४ बिजुलीकोटमा कमेरो माटो निकाल्ने क्रममा ढिस्को खस्दा पुरिएर ३४ वर्षीय सोमबहादुर महतको मृत्यु भएको छ। महत सोमवार मध्यान्ह १२ बजे कमेरो माटो लिन जाने भन्दै घरबाट निस्किएका थिए। दिउँसो ३ बजेसम्म पनि उनी घर नफर्किएपछि परिवार तथा स्थानीयले खोजी सुरु गरेका थिए। खोजतलासका क्रममा असोज २० गते दिउँसो १२स्३० बजे उनको घरदेखि करिब १।५ किलोमिटर उत्तरतर्फ रहेको कमेरो माटो निकाल्ने स्थानमा ढिस्को खसेको देखिएको थियो। उक्त ढिस्को पन्छाउने क्रममा माटोमुनि पुरिएको अवस्थामा महतको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।