शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

सिन्धुलीमा १८ जना सवार हायस दुर्घटनाः पाँच जनाको अवस्था गम्भिर

बिहिवार , माघ ३, २०८१

सिन्धुली– सिन्धुलीमा बिहिबार हायस गाडी दुर्घटना हुदाँ १२ जना घाइते भएका छन् । जिल्लाको सुनकोशी गाउँपालिका वडा नम्बर ६ कानढुंग्रे स्थित बि.पि. राजमार्ग सडक खण्डमा काठमाडौँबाट जनकपुरतर्फ आउदै गरेको हायस गाडी साझ साढे पाँच बजे दुर्घटना हुदाँ १२ जना घाइते भएका छन् । घाइते मध्ये पाँच जनाको अवस्था गम्भिर छ । बा ३ ख ८४४५ नम्बरको हायस गाडी ब्रेक फेल भई अनियन्त्रित हुँदा सडक छेउको डिभाईडरमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

घाईतेहरुलाई तत्काल उद्दार गरी गोलान्जोर गाउँपालिका–७ स्थित खुर्कोटमा रहेको सुनकोशी अस्पतालमा पठाईएको सिन्धुली प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा धनुषा जनकपुर उपमहानगरपालिका २१ का २३ वर्षिय रिचवन नदाफको टाउकोमा चोट लागेको छ । उहाँको अवस्था गम्भिर छ । यस्तै, सोहि स्थानका २१ वर्षिय मोनिका नदाफको पनि अवस्था गम्भिर रहेको प्रहरीले जानकरी दिएको छ । सप्तरि का ५० वर्षिय निर्मल गुप्ता अवस्था गम्भिर छ । ओखलढुङगा सुनकोशी गाउँपालिका ६ का ३० वर्षिय सपना आले सोहि स्थानका ३ वर्षिय रियान्सी आले, धनुषा विध्या नगरपालिका ५ का २४ वर्षिय विवेक यादव र सोहि स्थानका २१ वर्षिय रहित महत सिंह घाइते भएका छन् । यस्तै, धनुषा देविचौर का ४० वर्षिइ अरबिन्द्र कुँवर, धनुषा पैथिया बजार ७ का १९ वर्षिय मधु मण्डल, सोहि स्थानका १३ महिनाको छोरा (बच्चा) किसान मण्डल र महोत्तरी मण्डसिसवा नगरपालिका ६ का ५० वर्षिय राम बहादुर गाभी घाइते भएका छन् । धनुषा देविचौर नगरपालिका का ७० वर्षिय शान्तिदेवी कलवार घाइते भएको प्रहरीले जानकारी दिएको छ । महोत्तरी लक्ष्मीनिया ३ का संजय कुमार महत्तोले चलाइएको हायस दुर्घटना भएको हो । गाडीमा १८ जना सवार रहेका थिए । ६ जना सकुसल रहेको प्रहरीले जानकारी दिएको छ । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया