सोमवार, कार्तिक २३ गते २०८३

Monday 9th November 2026

सिन्धुलीमा सवारी दुर्घटनामा एकको मृत्यु

बिहिवार , पौष २५, २०८१

सिन्धुली – सिन्धुलीको बिपी राजमार्ग अन्तरगत कमलामाई नगरपालिका. ८ माथिल्लो सिस्नेरी बुधबार राति भएको अटो (ट्याम्पो) दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन । यसैगरी  गत मंसिर १३ गते कारले ठक्कर दिएको घाईतेको उपचारको क्रममा मृत्यु भएको  छ ।

बुधवार राती ८ः ०५ बजे सिन्धुली बाट भिमान तर्फ आउँदै गरेको सिन्धुली कमलामाई नगरपालिका वडा ९ बस्ने बर्ष ३४ को हरी माझीले चलाएको ज १ ह ४१३१ नं. को अटो आफै अनियन्त्रित भई सडकको बाया साइडको नालामा पल्टिन गई दुर्घटना हुदा चालक हरी माझीको मृत्यू भएको र अटोमा सवार कमलामाई नगरपालिका वडा नंं ९ बथान चौरी बस्ने बर्ष ५१ सुकविर माझी घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाले जनाएको छ । घाइते माझीको टाउकोमा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

घाइते माझी द्वयलाई तत्काल उपचारकागी सिन्धुली अस्पताल लगिएको थियो । उपचारका क्रममा चालक हरि माझीको राती २०ः३५ बजे जिल्ला अस्पताल सिन्धुलीको चिकित्सकद्धारा मृत्यु घोषणा गरेको प्रहरीले जनाएको छ ।

यसैगरी कमलामाई नगरपालिका ८ सिस्नेरीमा गत मंसिर १३ गते कारले ठक्कर दिई घईते पैदल यात्री सिन्धुली कमलामाई नगरपालिका ८ बस्ने बर्ष ३९ को रमेश कार्कीको टिचिङ अस्पताल काठमाडौँमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । कार चालक ओम राज गिरीलाई सवारी अंगभंग मुद्दामा जिल्ला अदालत सिन्धुलीको आदेशमा पुस ७ गते गते पुर्पक्षका थुनामा राख्ने आदेश भएको प्रहरीको भनाई छ ।

प्रतिक्रिया