सिन्धुली – आफ्नै काकीलाई जवरजस्ती करणी गर्ने कमलामाई नगरपालिका ९ भिमानका विवेक माझी पक्राउ परेका छन् । काकीलाई जवरजस्ती करणी गरी पाँच महिना देखि फरार रहेका माझीलाई यहि पुष १८ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । फरार रहेका माझीलाई भिमानबाटै प्रहरी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रबक्ता प्रहरी नायब उपरिक्षक अनिल कुमार खड्काले जानकारी दिनुभयोछ । उहाँका अनुसार माझिले गत साउन २१ गते मादक पदार्थ सेवन गरेर राती १२ बजेको समयमा काकी सुत्ने कोठामा गएर जवजस्तीकरणी गरेको गरेका थिए । काकी सुस्त मनस्थितिको रहेको प्रनाउ खड्काले बताउनुभयो ।
यस्तै, कमलामाई नगरपालिका ९ बथानचौरमा ७ बर्षिय बालिकालाई जवस्तीकरणी गर्ने ५३ वर्षिय धन बहादुर बोगटी फरार रहेका छन् । गत असोज ११ गते बालिकालाई घरमा खाजा खान बोलाएर ललाई फकाई जवरजस्ती करणी गरेको प्रहरीले जानकारी दिएको छ । उपचारपछि बालिकाको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले बताएको छ । फरार रहेका बोगटीको खोजि भइरहेको प्रहरीले जानकारी दिएको छ । बालिका बोगटीको हाडनाता नै पर्ने बताइएको छ ।
यी दुई घटनाहरू त यस्ता घटनाहरूको प्रतिनिधि पात्रहरू मात्रै हुन उनीहरु जस्तै समाजमा आफ्नै नातेदारबाट करणीमा परेका पात्रहरू समाजमा थुप्रै छन् । ती मध्ये कतिपयले त झन उजुरी दर्ता समेत गराउन सक्दैनन् । नेपालमा कानूनले विवाह गर्न नहुने नाता सम्बन्धलाई हाडनाता मानेको छ । पछिल्लो समय हाडनाता करणीको घटनाहरूको संख्या बढ्दै गएको छ । जसमा आफ्नै बुबाले छोरीलाई, दाजुभाइले दिदीबहिनीलाई , काकाले भतिजी मामाले भान्जीको समेत करणी गर्ने गरेको घटनाहरूको प्रहरीमा मुद्दा दर्ता हुने गरेको जिल्ला प्रहरीको तथ्याङ्कमा उल्लेख छ । महिला हिंसा विरुद्ध समय समयमा विभिन्न अभियानहरू संचालनहरु पनि गरिदै आएको छ । पहिलाको तुलनामा केही सुधार हुँदै गएको स्वयम् महिलाहरूले अनुभव गर्ने गरेको बताउँछन् ।