सिन्धुली – बाबुको कुटाइबाट गम्भीर घाइते सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका वडा नं.३ चपराडाँडा निवासी एक जनाकोे उपचारका क्रममा मृत्यु भएको छ ।
बुबा अंन्दाजी बर्ष ७६ को डोमान सिंह सार्कीको कुटाइबाट गम्भीर घाइते भएका निजकै छोरा अन्दाजी बर्ष ४९ को माईला भन्ने लिला बहादुर पुर्कोटी सार्कीको हेटौंडा अस्पताल हेटौडामा उपचारका क्रममा मृत्यु भएको बागमति प्रदेश प्रहरी कार्यालय हेटौडाले जनाएको छ ।
शनिवार राति ८ः४५ बजे डोमान सिंह सार्कीले घरायसी वादविवाद हुदाँ फलामको गलले लिला बहादुरको टाउकोमा र ढाँडमा प्रहार गरी घाईते बनाएको घाईतेलाई उपचारको लागी हेटौँडा तर्फ पठाईएकोमा मृत्यू भएको प्रहरीले जनाएको छ ।
कुटपिटबाट गम्भीर घाइते लिलाको राति १०;३० बजे हेटौंडा अस्पतालका चिकित्सकबाट मृत्त घोषणा गरेको प्रहरीले जनाएको छ । कुटपिटमा संलग्न बाबुलाई प्रहरीले गल र कोदालो सहित नियन्त्रणमा लिई कारबाही अघि बढाएको प्रहरीले जनाएको छ ।
लडेर मृत्यु
यसैगरी सिन्धुलीमा बाटेबाट तल लड्दा एकजनाको मृत्यु भएको छ । सुनकोशि गाउँपालिका वडा नं. ४ मादेउटारका ५६ वर्षीये राम लाल घलान को मृत्यु भएको प्रहरीले जनाएको छ ।
घलान सुनकोशि गाउँपालिका वडा ४ को वडा कार्यालय गई घरतर्फ फर्कने क्रममा शुक्रवार राती ८ः०० बजे घरबाट पश्चिम पर्ने सिउडीबास चिहानडाँडा स्थितमा बाटोबाट अंन्दाजी ५०० मिटर तल खोल्सामा खसि मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले थप अनुसन्धान भइरहेको बताएको छ ।