सिन्धुली – सिन्धुलीमाढीमा लाग्दै आएको हाटबजारको उचित ब्यवस्थापन नगर्दा समस्या बढ्दै गएको स्थानीयहरुले गुनासो गरेका छन । बढ्दै गएको स्थानीयहरुले गुनासो गरेका छन । अस्तब्यस्त रुपमा सञ्चालन हुँदै आएको हाटबजारमा उपभोक्ता तथा ब्यापारीहरुले अनेकौ समस्या भोग्दै आईरहेका छन । ब्यापारीहरु चर्को घाम र बर्षात त्यसमाथि आक्समात आउने हावाहुरीको समस्याले हैरान छन ।
हाटबजार क्षेत्रमा न खानेपानीको ब्यवस्था छ, न शौचालय नै । पानिको अभाबका कारण भएका शौचालयहरु पनि प्रयोग गर्न सक्ने अवस्थामा छैन । बर्खायाममा हाटबजार क्षेत्र हिलाम्मे हुन गरेको छ भने हिउँदो याममा धुलाम्मे । हाटबजारको नियमित ठेक्का मार्फत कर संकलन गर्ने कमलामाई नगरपालिकाले बजार ब्यवस्थापन गर्ने तर्फ ध्यान दिन सकेको छैन ।
हाटबजार लाग्नु भनेको अन्य दिनको तुलनामा बजार भाउँमा केहि फरक हुनुपर्ने हो तर सदाबहार एउँटै दर हुन्छ, बजारमा कुनै दर निर्धारण गरिएको छैन । उपभोक्ताहरु सहुलियत भन्दा पनि अखाद्य र मिसावटयुक्त खाद्य सामाग्रीमा महंगो मुल्य तिर्न बाध्य छन ।
हाट बजारमा ब्यस्थित बधशाला बिना नै रागा तथा सुँगुरको बध गरि मासुको बिक्री भईरहेको छ भने तराईका बजारहरुबाट आउने माछा निर्वाध रुपमा विक्री हुने गरेको छ । अनुगमन र नियमन गर्ने निकायले बजारको अनुगमन र उपभोक्ताको स्वास्थ्य प्रति कहिल्यै ध्यान दिने गरेको छैन ।
हप्तामा एक दिन शनिबार लाग्ने हाट बजारमा झण्डै १ सय भन्दा बढी ब्यापारीहरुले ब्यापार लगाउछन । चाडपर्वका बेला ब्यापारी तथा उपभोक्ताहरुको भिड अझ बढ्ने भएकाले यस्लाई ब्यवस्थापन गर्न जरुरी रहेको स्थानीय बिष्णु कुमार श्रेष्ठले बताउनुभयो ।
साप्ताहिक रुपमा बाहिरबाट आउने ब्यापारीहरुले धेरै सास्ती ब्यहोर्नु परिरहेको गुनासो गर्ने गरेका छन । ब्यापारी अनिता शाहले भन्नुभयो, “घरमा सटर लिएर बजार लगाउनेहरुलाई खासै समस्या छैन, हामी बजार लगाउनका लागी मात्र आउने ब्यापारीहरुलाई खानेपानी, शौचालयको ठुलो समस्या छ ।” चर्को घाम लाग्दा, पानी पर्दा र एक्कासी आउने हावाहुरीले सामानहरु नोक्सानी हुने हुँदा हाट बजार ब्यस्थित गर्नुपर्ने ब्यापारीहरुको गुनासो छ ।
हाटबजार ब्यापारी तथा उपभोक्ताहरुका लागी खासै उत्साहजनक र रौनक छैन । स्थानीय उत्पादनहरु बजारमा कमै मात्रामा देख्न पाइन्छ, स्थानीय उत्पादन लिएर बजार भर्न आएका कृषकहरुले पनि उत्पादनको उचित मुल्य पाउन सकेका छैनन् ।
त्यस्तै, हाट चल्न त अहिले पनि चल्छ । तर अहिलेको हाटमा पहिलेको जस्तो उत्साह छैन । पहिले पहिले सिन्धुलीमाढी बजारबाहेक वरपर पसलहरु थिएनन् । सलाई सकिए पनि नुन सकिए पनि या त अरुसँग पैँचो माग्नु पथ्र्याे या त हाट बजारको बार कुर्नुपथ्र्याे । बजारमा काम परेर आउने बाहेक पनि बजारको माहोल बढाउन गाउँका गन्य मान्यहरु समेत बजार आउने गर्थे ।
तर अहिले यो परम्परा धान्नमा मात्रै सीमित भएको छ । अहिले हाट त बस्छ तर क्रेता र विक्रेताहरु सबै गाडीमा आउने र गाडीमै फर्किने गर्छन । पहिलेजस्तो पसल पनि बस्न छाडेका छन् । आर्थिक मन्दीका कारण पनि हाट बजार अहिले अस्तित्व रक्षाको संघर्षमा छ ।
हाट बजारको सम्बन्ध वस्तुविनिमयसँग पनि रहन्छ । तर बजारीकरण र यातायातको पहुँचले अहिले गाउँ गाउँमै सामान पुग्न थाल्यो । पहिले पहिले गाउँघरमा परम्परागत खेती प्रणाली हुन्थ्यो र जोसँग जे छ त्यही साँट्ने गरिन्थ्यो । तर अहिले गाउँमा पनि सबैले नगदेबाली लगाउन थालेपछि वस्तु विनिमयको चलन हराउँदै जान थालेको छ ।
पहिलेपहिले स्थानीय उत्पादनमा महत्वपूर्ण भूमिका खेल्ने हाट बजारले अहिले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने भन्दा पनि बिस्तारै परनिर्भर बन्ने क्रम सुरु हुँदै गयो । आफ्नो उत्पादन कम भएपछि बिस्तारै हाट संस्कृतिमा पनि परिवर्तन आउन थालेको छ ।
हाट बजारको ब्यवस्थापन, अनुगमन तथा नियमनको जिम्मेवारी पाएको स्थानीय सरकारले हाट बजारलाई ब्यस्थित गर्दै स्थानीय उत्पादनको बजारीकरणका साथै हाटबजारको सरसफाई लगायतका बिषयमा गम्भीर भएर सोच्दै बजारमा ब्यापारी तथा उपभोक्ताहरुको समस्या हल गर्दै हाट बजारको उत्साह र रौनक ल्यान विशेष ध्यान दिनुपर्ने स्थानीय ब्यापारीहरु बताउछन ।